संगालोखबर

विराटनगर । चालू आर्थिक वर्षको ११ महिनामा २ करोड ६१ लाख रुपैयाँ बराबरको रुद्राक्ष चीन निर्यात भएको छ । नेपालबाट चीन, अमेरिका र भारतमा रुद्राक्ष निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै भारततर्फ १ करोड १० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको तथ्यांक छ । चीनमा ८० लाखभन्दा बढी तथा अमेरिकामा ६० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष निर्यात भएको जनाइएको छ ।

Advertisement

पूर्वी नेपालका संखुवासभा र भोजपुरमा मुख्य रुपमा रुद्राक्ष उत्पादन हुने गरेको छ । संखुवासभाको वाना, स्याबुन, धुपु, खाँदबारीलगायत स्थानमा रुद्राक्ष उल्लेख्य परिमाणमा उत्पादन हुँदै आएको छ ।यसैगरी, भोजपुरको केउरेनीपानी, मूलपानी, तुंगेछा, कुलुङ, नेपालडाँडालगायत क्षेत्रमा रुद्राक्ष उत्पादन हुने गरेको छ । रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको पाइन्छ ।

चीनतर्फ सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा तयारी गार्मेन्ट, छालाका वस्तु, रुद्राक्ष, टेन्ड स्किन, चिया र वुलन कार्पेट पनि छन् । यस अवधिमा १४ करोड ९२ लाख रुपैयाँको तयारी गार्मेन्ट निर्यात हुँदा १ करोड ४७ लाखको तयारी छालाका वस्तु निर्यात भएको विभागले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!