संगालोखबर


विराटनगर । पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

बढेको मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ । विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज आसपास क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६८ पर्नेछ । सुर्खेत र दाङ वरपर १७० तथा काठमाडौं, पोखरा र दिपायल आसपास क्षेत्रमा प्रतिलिटर १७१ मूल्य पर्ने निगमले जनाएको छ ।

Advertisement

विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५७ पुगेको छ ।

सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० मूल्य पर्ने निगमले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!