संगालोखबर


इलाम । नेपालमा उत्पादिन छुर्पी विभिन्न २७ देशमा पुग्ने गरेको छ । नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १५ लाख ३७ हजार १८६ किलो छुर्पी निर्यात भएको छ । यसबाट २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

Advertisement

नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रुपमा विदेश निर्यात हुने गरेको विभागले जनाएको छ । अमेरिका, क्यानाडा, ब्राजिल, चीन, चेक रिपब्लिक, फिनल्याण्ड, फ्रान्स, ग्रीस लगायतका मुलुकमा नेपाली छुर्पी निकासी भइरहेको छ । हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड र न्यूजिल्याण्डमा नेपाली छुर्पी पुग्ने गरेको छ । २०१३ देखि विदेशमा छुर्पी निर्यात हुन थालेको हो ।

छुर्पी चौरी गाई र अन्य गाईको दुधबाट बनाइन्छ । आन्तरिक र बाहिरी पर्यटकले खानको लागि खरिद गर्ने गरेको छुर्पी नेपालमा कोसेलीका रुपमा पनि चर्चित छ । नेपालमा अधिकांश पहाडी र हिमाली जिल्लामा छुर्पी व्यावसायिक रुपमा उत्पादन गर्ने गरिन्छ ।

सूर्योदय नगरपालिकाको फिक्कल बजारमा रहेका पसलैपिच्छे छुर्पी बेच्न राखिएको छ । भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकले कोसेलीका रुपमा छुर्पी किनेर लैजाने गरेको स्थानीय व्यवसायी प्रभाकर श्रेष्ठले बताए ।

इलामसहित ताप्लेजुङ, पाँचथर, धनकुटा, संखुवासभा, तेह्रथुमलगायत जिल्लामा छुर्पी उत्पादन हुने गरेको छ । यी जिल्लामा दुध उत्पादन उल्लेख्य परिमाणमा हुने भएकाले दुधबाट छुर्पी, चिज, पनिर, ललिपप लगायतका खाद्यवस्तु बनाएर बिक्री गर्ने गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!