संगालोखबर

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात बढेको छ । नेपालमा कोदो उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

Advertisement

कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार अघिल्लो आर्थिक वर्षमा ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो आयात भएको थियो ।

यसैगरी, सोही अवधिमा २१ करोड १४ लाख ८० हजारको १० हजार ५७४ मेट्रिक टन फर्सी आयात भएको कार्यालयले जनाएको छ । उक्त अवधिमा एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेँडा, २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खोर्सानी आयात भएको छ ।

यसैगरी, उक्त अवधिमा ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन सिमी आयात भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!