दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बेलडाँगीमा विसाल रङ्गशाला बनाउने घोषणा गरेका छन् । आज दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गरेका छन् । स्पेन भ्रमणमा सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अरु कुरा नपाएर स्पेनमा...




























