संगालोखबर

विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ–४ का उम्मेदवार जीवन घिमिरेले मतदाताका सुझावहरूलाई समेटेर प्रतिवद्धता पत्र सार्वजनिक गर्ने बताएका छन् । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उम्मेदवार घिमिरेले यस्तो बताएका हुन् ।

आगामी फागुन २१ गते हुने निर्वाचन अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रमसँगै मतदाताका सुझावहरू पनि संकलन गरिएको उनले बताए । निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा भित्रै प्रतिबद्धता पत्र सार्वजनिक गर्ने उनको तयारी छ ।

मतदाताहरूले मुख्यगरि सडकको स्तरोन्नति, डुबानको समस्या, स्वास्थ्य उपचार र कृषकका सवालहरूलाई उठाएको घिमिरेले बताए । पटक-पटक जितेर गएकाहरूले काम नगरेको भन्दै गुनासो गर्ने मतदाताहरूको संख्या धेरै रहेको उनले उल्लेख गरे ।

मतदाताका सुझाव र मोरङ–४ को समग्र विकासलाई केन्द्रीत गरेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने उनले बताए । फागुन ४ गतेदेखि टोलसभा, कोणसभा र चुनावी सभाहरू सञ्चालन गरिने उनको भनाइ छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार चुनाव प्रचारप्रसारको समय पर्खेर मतदाताहरू बसेको उनले बताए । नेता घिमिरे कोशी प्रदेश सरकारको संस्थापक सामाजिक विकास मन्त्री समेत हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!