
धनकुटा । धनकुटामा ६५ सदस्यीय नेशनल भोलेन्टियर फोर्स गठन गरिएको छ । धनकुटाका सबै पालिकालाई समेटेर प्रविण पोख्रेल कमान्डर र मोहन लिम्बु सह-कमान्डर रहनेगरी फोर्स गठन गरिएको हो ।
फोर्सका केन्द्रीय प्रमुख कमान्डर पुष्प श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले धनकुटा जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल लगायत नेता कार्यकर्ताहरूको उपस्थिति थियो ।
निर्वाचनमा विभिन्न किसिमका समस्या आउन सक्ने भएकाले भयरहित, शान्तिपूर्ण र मर्यादित ढङ्गले निर्वाचन सम्पन्न गर्न नेशनल भोलेन्टियर फोर्सको भूमिका महत्वपूर्ण हुने उनीहरूले बताए ।
निर्वाचनलाई सफल बनाउन आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने फोर्सका धनकुटा कमान्डर पोख्रेलले बताए । जिल्लाका पालिकाहरूमा पनि निर्वाचन लक्षित फोर्स गठन गर्दै जाने उनको भनाइ छ ।

संगालोखबर 













