
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारका लागि झापा आउन लागेका हुन् ।
ओली मध्यान्ह विमानमार्फत झापा आउने जनाइएको छ । झापा–५ मा ओलीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा छन् । जसले झापा–५ को चर्चा ह्वात्तै चुलिएको छ ।

संगालोखबर 














