
तेह्रथुम । नेकपा एमालेले तेह्रथुममा आठराई र छथर गाउँपालिकाबाट चुनावी अभियान सुरु गरेको छ । एमाले तेह्रथुमको समन्वय र पालिका कमिटीको आयोजनामा चुनावी अभियान सुरु गरिएको हो ।
एमाले तेह्रथुमका प्रतिनिधि सभा सदस्य उम्मेदवार भानुभक्त ढकालको टोली आठराई गाउँपालिकाको विभिन्न वडामा मतदाता लक्षित कार्यक्रम गरिरहेको छ ।
यस्तै समानुपातिक उम्मेदवार बिस्नुमाया बिकको टोली छथर गाउँपालिकाका मतदातासँग घरदैलो अभियानमा जुटेको एमाले तेह्रथुमका अध्यक्ष शिव ढुङ्गानाले जानकारी दिए ।
तेह्रथुममा एमालेले आफ्नो गुमेको साख पुनः फिर्ता ल्याउने निर्वाचन प्रचारप्रसार समिति संयोजक प्रकाश श्रेष्ठले जानकारी दिए ।

संगालोखबर 














