अनेम संघ क्रान्तिकारी महालक्ष्मी नगर कमिटी अध्यक्षमा गुरुङ चयन
धनकुटा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महालक्ष्मी नगर कमिटी अध्यक्षमा टंकी गुरुङ चयन भएकी छन् । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा भएको भेलाले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष कुसुम श्रेष्ठ, अनेम संघ (क्रान्तिकारी) धनकुटा अध्यक्ष गिता गुरुङ खेवा र अनेम संघ (क्रान्तिकारी) प्रदेश सदस्य सानु कार्की बस्नेत...































