झापा–५ मा ३१ हजार बढी मतान्तरले बालेन अगाडि

झापा–५ मा ३१ हजार बढी मतान्तरले बालेन अगाडि

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाहले फराकिलो अन्तर बनाएका छन् । पछिल्लो मतपरिणाम बालेनले ४२ हजार ५४३ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् । यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ७ हजार १०७, नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १२०२ र नेपाली कम्युनिष्...
धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता कायमै

धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता कायमै

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मत गणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई अग्रता कायमै राखेका छन् । हालसम्मको मतगणना अनुसार राईले ९ हजार ९५४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका सानबहादुर राईले ७ हजार १९१ मत पाएका छन् । यस्तै काँग्रेसका दिनेश राईले ६ हजार १०७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ५ हजार १९१ र नेपाली कम्य...
मोरङ–६ मा रास्वपाकी आचार्य ४२ हजार बढी मतान्तरले विजयी

मोरङ–६ मा रास्वपाकी आचार्य ४२ हजार बढी मतान्तरले विजयी

विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुविना आचार्य विजयी भएकी छन् । आचार्य ४२ हजार ६६३ मतान्तरसहित विजयी भएकी हुन् । आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हज...
चितवन– २ मा ३९ हजार बढी मतान्तरले रवि लामिछाने विजयी

चितवन– २ मा ३९ हजार बढी मतान्तरले रवि लामिछाने विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछाने ३९ हजार ४६८ मतान्तरले विजयी भएका हुन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रताप गुरुङले ४ ह...
मोरङ–४ : रास्वपाका सन्तोष २४ हजार ७१२ मतान्तरले विजयी

मोरङ–४ : रास्वपाका सन्तोष २४ हजार ७१२ मतान्तरले विजयी

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । उनले ३६ हजार ८५९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका नेपाली काँग्रेसका गुरुराज घिमिरेले १२ हजार १४७ मत प्राप्त गरेका छन् । राजवंशीले २४ हजार ७१२ मतान्तरले जित हासिल गरेका हुन् । राजवंशी पूर्व पत्रकार हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ...
अहिलेसम्म को–को कहाँबाट विजयी भए ?

अहिलेसम्म को–को कहाँबाट विजयी भए ?

विराटनगर । प्रतिनिध सभा सदस्य निर्वाचन अन्तरगत हालसम्म ११ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । याे समाचार तयार पादार्सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ६ स्थानमा जित हासिल गरेको छ । यस्तै नेपाली काँग्रेसले ३ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जितेको छ । रास्वपाका उम्मेदवार गणेश पराजुली काठमाडौं–७ बाट २७८०५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनलाई पछ्याएका काँग्रेस उम्मे...
रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका प्रचण्ड विजयी

विराटनगर । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । कुल १९ हजार १८८ मत खसेको रुकुम पूर्वमा १५ हजार ८२३ मत गणना भइसकेको छ । जसमा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । अब ३ हजार ३६५ मत गणना गर्न बाँकी भएपनि गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० म...
रास्वपा ९३ स्थानमा अगाडि हुँदा अन्य दलको अवस्था के छ ?

रास्वपा ९३ स्थानमा अगाडि हुँदा अन्य दलको अवस्था के छ ?

विराटनगर । बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले एकएक स्थानमा जित हासिल गरेका छन् । यो समाचार तयार पार्दासम्म रास्वपाले ९३ स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेपाली काँग्रेसले ११ स्थानमा अग्रता बनाउँदा नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९ स्थानमा अग्रता बनाएको छ । यस्तै राष्...
धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुरको अग्रता

धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुरको अग्रता

धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता बनाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा उनले १५९० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका राजेन्द्र राईले १०४०, नेपाली काँग्रेसका दिनेश राईले ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले १४४ र नपाली कम्युनिष्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले २५ मत प्राप्त गरेका छन् ।
धनकुटामा एमालेको सुरुवाती अग्रता

धनकुटामा एमालेको सुरुवाती अग्रता

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले सुरुवाती अग्रता बनाएका छन् । साँगुरीगढी वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा राईले ५१४ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले २३ र ने...
मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

विराटनगर । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । काँग्रेसका योगेश गौचनले ३ हजार ३०७ मत ल्याएर विजयी भएका हुन् । उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम मत पाएका छन् । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए ।
मोरङका ६ क्षेत्रमध्ये ५ वटामा रास्वपा र एउटामा श्रम संस्कृति अगाडि

मोरङका ६ क्षेत्रमध्ये ५ वटामा रास्वपा र एउटामा श्रम संस्कृति अगाडि

विराटनगर । मोरङका ६ वटा क्षेत्रमध्ये ५ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ । एउटा क्षेत्रमा भने श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता बनाएका छन् । प्रतिनिधि सभा निर्वाचन अन्तरगत जारी मत गणनामा मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर अगाडि छन् । उनले पछिल्लो मत परिणाम अनुसार ५५४ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस उम्मेदवार सुनिल शर्मा ३३६ मतसहित ...
मोरङ–४ मा रास्वपाका सन्तोष ८९१६ मतले अगाडि

मोरङ–४ मा रास्वपाका सन्तोष ८९१६ मतले अगाडि

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अन्तर बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार राजवंशी ८९१६ मतले अगाडि छन् । उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका गुरुराज घिमिरेले २६४८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार अमनलाल मोदीले २४२८ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले १९५३ मत पाएका छन् ।
रास्वपाको ४५ स्थानमा अग्रता, अन्य पार्टीको के छ अवस्था ?

रास्वपाको ४५ स्थानमा अग्रता, अन्य पार्टीको के छ अवस्था ?

विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ । यो समाचार तयार पार्दासम्म रास्वपाले काठमाडौं–१ बाट जित दर्ता गरिसकेको छ भने ४५ स्थानमा अग्रता बनाएको छ । नेपाली काँग्रेसले ६ स्थानमा अग्रता बनाउँदा नेकपा एमाले ४ स्थानमा अगाडि छ । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ स्थानमा अग्रता बनाउँदा राष्ट्रिय प्रजातन्त्र ...
काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–१ बाट खाता खोलेको छ । रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मत ल्याउँदै विजयी भएकी हुन् । यस्तै काँग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । रञ्जु निर्वाचित औपचारिक घोषणा गर्न भने हुन बाँकी छ ।
मोरङ–६ ले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको छ : योगेश भट्टराई

मोरङ–६ ले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको छ : योगेश भट्टराई

विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विराटनगरको साख फर्काउने कामको नेतृत्व विनोद ढकालले मात्र गर्न सक्ने बताएका छन् । आज विराटनगरमा मोरङ-६ का एमाले उम्मेदवार ढकालको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र यहाँका बासिन्दाको आत्मसम्मान बढाउने काम एमाले नेता ढकालले मात्रै गर्न सक्ने उनले दाबी गरे । मोरङ-६ ले ढकाल ...
मोरङको रंगेलीमा एमाले उम्मेदवार मनोज अग्रवालको चुनावी र्‍याली

मोरङको रंगेलीमा एमाले उम्मेदवार मनोज अग्रवालको चुनावी र्‍याली

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमाले उम्मेदवार मनोजकुमार अग्रवालको चुनावलक्षित मोटरसाइकल र्‍यालीमा जनलहर देखिएको छ । आक्रमक चुनावी अभियान सञ्चालन गरिरहेका अग्रवालले आज रंगेलीमा आयोजना गरेको र्‍यालीमा उल्लेखनीय संख्यामा सहभागिता रहेको थियो । रंगेलीका विभिन्न स्थानहरूमा निकालिएको वृहत् र्‍यालीमा क्षेत्रका नागरिक र कार्यकर्ताहरू सम्मेलित जनसागर उर्लिएको थियो । रंगेली बजारस्थित क...
मोरङ–६ मा उनेपाका उम्मेदवार बुढाथोकीले गरे एमालेका ढकाललाई समर्थन

मोरङ–६ मा उनेपाका उम्मेदवार बुढाथोकीले गरे एमालेका ढकाललाई समर्थन

विराटनगर । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी समीकरण अप्रत्याशित मोडमा पुगेको छ । उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् । आज बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै बुढाथोक...
मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेले सके पहिलो चरणको घरदैलो

मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेले सके पहिलो चरणको घरदैलो

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले पहिलो चरणको चुनावी अभियान सकेका छन् । फागुन १३ गतेसम्म निर्वाचन क्षेत्रका २३ वटै वडामा घरदैलो गरेका हुन् । अभियानको समीक्षा गर्दै घिमिरेले पहिलो चरणमा २० हजारभन्दा बढी घरसम्म पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरेको बताए । चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन एमालेले मोरङ ४ मा सङ्गठन परिचालन तीब्र बनाएको छ । २३ व...
सुनसरी–३ मा भगवती चौधरी : २ वर्षमा ४ सय परिवारलाई घर बनाइदिने योजना

सुनसरी–३ मा भगवती चौधरी : २ वर्षमा ४ सय परिवारलाई घर बनाइदिने योजना

सुनसरी । नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी भगवती चौधरीले चुनावी अभियानलाई तीब्र बनाएकी छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चौधरीले मतदातासँग भेटघाट गरिरहेकी छन् । उनले आफूले गर्न नसक्ने झुटो आश्वासन नदिने, अरु उम्मेदवारको आलोचना नगर्ने, भ्रष्ट्राचार नगर्ने तर सुशासनका लागि लड्ने प्रतिबद्धता जनाएकी छन् । २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वा...
एमाले अध्यक्ष ओलीले आज दमक र गौरीगञ्जका टोल-टोलमा मतदाता भेट्दै

एमाले अध्यक्ष ओलीले आज दमक र गौरीगञ्जका टोल-टोलमा मतदाता भेट्दै

झापा । निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दमक र गौरीगञ्जका मतदातासँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरूपमा गौरीगञ्ज केन्द्रित हुनेछन् । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्दैछन् । कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ...
विकास निर्माणका काम नै मेरा मुख्य चुनावी एजेण्डा हुन : डा. सुनिल शर्मा

विकास निर्माणका काम नै मेरा मुख्य चुनावी एजेण्डा हुन : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका युवा नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा भएको बताएका छन् । पथरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । उनले ‘काँग्रेस बोल्छ कम, काम बढी गर्छ’ भन्ने गिरिजाप्रसाद कोइरालाको मान्यतालाई आफूले व्यवहारमा उतार...
भोजपुरमा एमाले उम्मेदवार शेरधन राईको प्रतिबद्धता : के छन् प्राथमिकता ?

भोजपुरमा एमाले उम्मेदवार शेरधन राईको प्रतिबद्धता : के छन् प्राथमिकता ?

भोजपुर । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिँदै राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । राईले सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएका छन् । मध्यपहाडी लोकमार्गको चखेवा-दिक्तेल खण्डलाई अविलम्ब कालोपत्रे गर्ने, कोशी राजमार्गको वैकल्पिक मार्गका...
रवि लामिछानेले ठेकेदारलाई भने– विज्ञप्ती निकालेर देश बन्दैन, उपकरण खरिदतर्फ लाग्नुहोस्

रवि लामिछानेले ठेकेदारलाई भने– विज्ञप्ती निकालेर देश बन्दैन, उपकरण खरिदतर्फ लाग्नुहोस्

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विकास निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई डोरीले नभई कानुनको दायरामा बाँधेर काम गराउने नीति लिएको बताएका छन् । आज इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो नीति ठेकेदारलाई डोरीले बाँध्ने होइन, कानुनले बाँध्ने हो । कानुनभन्दा माथि कोही पनि छैन, त्यसैले कानुन...
आफ्नै देशको उत्पादन देशवासीलाई खुवाउने हो : बालेन शाह

आफ्नै देशको उत्पादन देशवासीलाई खुवाउने हो : बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले देशमा उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । आज सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । उनले बोर्डर पारीको तरकारी खानुपर्ने अवस्थाको अन्त्य गर्न आफूहरूले काम गर्ने उल्लेख गरे । ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम, दमकको चिया’, उनले भने, ‘ख...
मोरङ–६ का एमाले उम्मेदवार ढकाल पितृशोकपछि चुनावी अभियानमा

मोरङ–६ का एमाले उम्मेदवार ढकाल पितृशोकपछि चुनावी अभियानमा

विराटनगर । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ को उम्मेदवार बनेका विनोद ढकाल पितृशोकपछि चुनावी अभियानमा फर्किएका छन् । पितृशोकको १३ दिने काम सकेर आजबाट ढकाल चुनावी अभियानमा फर्किएका हुन् । चुनावी अभियानकै क्रममा माघ २९ गते १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधन भएपछि कोरामा बसेका उनी १३ दिने काम सकेको भोलिपल्टै सेतो कपडामा चुनावी अभियानमा निस्किएका छन् । उनले कोरामा बसेकै बेला फागुन ३ गते आफ...
मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

मोरङ–४ का काँग्रेस उम्मेदवार गुरुराज घिमिरेद्वारा ३९ बुँदे प्रतिबद्धता सार्वजनिक

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार गुरुराज घिमिरेले आगामी निर्वाचनलाई लक्षित गर्दै ३९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफ्नो क्षेत्रको विकासका लागि प्राथमिकताका आधारमा तयार पारिएको विस्तृत योजना उनले सार्वजनिक गरेका हुन् । उम्मेदवार घिमिरेले विशेष गरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिलाई आफ्नो प्राथमिकतामा राखेका छन् । उनको ...
अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं : ओली

अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौं : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य निर्वाचन झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले अब कुनै पनि संरचना नजल्ने बताएका छन् । आज झापा-५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि सर्वोच्च संरचना जल्न नदिने बताएका हुन् । जेनजी आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको ओलीको ...
झापा–५ का उम्मेदवार बालेनले सार्वजनिक गरे बाचा पत्र

झापा–५ का उम्मेदवार बालेनले सार्वजनिक गरे बाचा पत्र

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ का उम्मेदवार बालेन शाहले चुनावी बाचा पत्र सार्वजनिक गरेका छन् । संसद्मा प्रभावकारी कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने एजेन्डाहरूलाई मुख्य प्राथमिकता दिँदै उनले बाचा पत्र सार्वजनिक गरेका हुन् । बाचा पत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौ...
धनकुटामा जसपाको चुनावी घोषणा पत्र : एयरपोर्टदेखि बाँदर नियन्त्रणसम्मका योजना

धनकुटामा जसपाको चुनावी घोषणा पत्र : एयरपोर्टदेखि बाँदर नियन्त्रणसम्मका योजना

धनकुटा । जनता समाजवादी पार्टी नेपाल धनकुटाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । कृषि आधुनिकीकरणदेखि उद्योग, शिक्षा र पूर्वाधार विकाससम्मका योजना समावेश गर्दै जसपाले घोषणा पत्र सार्वजनिक गरेको हो । कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरणमार्फत किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने, बाँदर, बँदेललगायत वन्यजन्तुबाट हुने बाली नोक्सानी रोक्न पहल गर्ने घोषणा पत्रमा उल्लेख छ । य...
एमालेद्वारा पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाहीको माग

एमालेद्वारा पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाहीको माग

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको झण्डा जलाउनेलाई तत्काल कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै कारबाहीको माग गरेको हो । फागुन ७ गते राति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अङ्कित झण्डा जलाएको भन्दै पार्टीले आज प्रेस विज्ञप्ति जारी गरेर भर्त्सना गरेको छ । एमाले...
error: Content is protected !!