
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा पुगेका छन् । चन्द्रगढी विमानस्थलबाट उनी बिर्तामोड हुँदै आफ्नो निर्वाचन क्षेत्र नम्बर-५ आएका हुन् ।
विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताहरू पुगेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीसँग एमाले अध्यक्ष ओलीले झापाको निर्वाचनका विषयमा भइरहेका कामका बारेमा सोधेका छन् । उनले राजनीति सिक्छु भनेर आफूसँग प्रतिस्पर्धा गर्न आउनेलाई नराम्रो भन्न नमिल्ने बताए ।
‘यस क्षेत्रलाई सूर्यमय बनाउनुपर्छ । त्यसका लागि योगदान गर्नुहोस्’, उनले भने । झापामा एमाले अध्यक्ष ओली एक साता आफ्नो निर्वाचन क्षेत्रमा बिताउनेछन् । झापा-५ का उम्मेदवार अध्यक्ष ओली भोलि र पर्सि कमल गाउँपालिका केन्द्रित भेटघाटमा व्यस्त हुनेछन् ।

संगालोखबर 














