
धनकुटा । नेपाली काँग्रेसका सह-महामन्त्री डा. डिला संग्रौलाले जेनजीको माग अनुसार काँग्रेसले मात्रै देश बदल्ने सक्ने बताएकी छन् । मंगलबार चुनावी अभियानमा धनकुटा आइपुगेकी सह-महामन्त्री संग्रौलाले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् ।
काँग्रेसको आन्तरिक सुशासन पहिलो मुद्दा रहेको बताउँदै उनले वैदेशिक रोजगारीमा गएकालाई स्वदेशमै रोजगार सिर्जना गर्ने बताइन् । काँग्रेससँग भौतिक पूर्वाधार विकास, शिक्षा प्रणाली सुधार, सीप दिएर रोजगार उपलब्ध गराउने योजना र भिजन रहेको उनको भनाइ छ ।
उनले महिला र युवालाई आवश्यक रोजगार उपलब्ध गराउने पनि बताइन् । उनले नेकपा एमालेले धनकुटामा केही नगरेको आरोप लगाइन् । उनले अब धनकुटाको मुहार काँग्रेसले मात्रै फेर्न सक्ने उल्लेख गरिन् ।

संगालोखबर 













