
दमक । झापा निर्वाचन क्षेत्र-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सहित विभिन्न दलमा आवद्ध युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन ।
झापा-५ का उम्मेदवार समेत रहेका ओली आज निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुगेका थिए ।
ओलीले दमक फनपार्कमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय प्रतिनिधि परिषद सदस्य भरत खनालसहित विभिन्न दलमा आवद्ध युवाहरूलाई एमालेमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्ने युवाहरूले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताए । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमकमा छन् ।

संगालोखबर 














