ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार चार सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार दुई हजार सात सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको चाँदी आज १५ रुपै...
झापामा आगलागी हुँदा ७० लाखको क्षति

झापामा आगलागी हुँदा ७० लाखको क्षति

विराटनगर । झापाको कचनकवल गाउँपालिका-६ बनियानीमा आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको छ । शनिबार साँझ स्थानीय कमल खतिवडाको घरमा पूजा कोठामा बालेको दियोबाट आगलागी भएको हो । आगोले टिनको छानो भएको दुई तले र १० कोठे घर पूर्णरूपमा जलेर ध्वस्त भएको झापा प्रहरीले जनाएको छ । आगोले घरसहित घरभित्र रहेको एक लाख नगद, अन्दाजी ४१ लाख ४२ हजार पाँच सय बराबरको सुन, ७५ तोला चाँदी, दुई वटा एसी, दुई वटा टिभी र १०...
धनकुटाको श्री आधारभुत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न सहयोग

धनकुटाको श्री आधारभुत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न सहयोग

धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीमा रहेको श्री आधारभुत विद्यालयका विद्यार्थीहरूलाई कपडा तथा खाद्यान्न वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन धनकुटाले आज खाद्यान्न तथा कपडा वितरण गरेको हो । उक्त विद्यालयमा बौद्धिक अपाङ्गता तथा सुस्त मनस्थिति भएका ३५ जना विद्यार्थीहरू अध्ययनरत छन् । समय-समयमा विभिन्न दाताहरूले विद्यालयमा सहयोग गर्दै आएका छन् । विद्यार्थीहरूलाई २० थान तन्ना, बिस्कुट, फ्रुटी ...
विराटनगरबाट चोरेर लैजाँदै गरेको कारसहित सुनसरीमा पक्राउ परे बिन

विराटनगरबाट चोरेर लैजाँदै गरेको कारसहित सुनसरीमा पक्राउ परे बिन

विराटनगर । विराटनगरको सोरुमबाट चोरी भएको कार फेला परेको छ । आज बिहानको राति सोरुमको सिसा फुटाएर चोरी भएको कार सुनसरीको भोक्राहातर्फ लैजाँदै गर्दा प्रहरीले फेला पारेको हो । मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार चोरीमा संलग्न विराटनगर-४ का मन्तोषकुमार बिनलाई पनि पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीबाट...
विराटनगरको सोरुमबाट चोरेर भगाउँदै गरेको कारमा पेट्रोल सकिएपछि… 

विराटनगरको सोरुमबाट चोरेर भगाउँदै गरेको कारमा पेट्रोल सकिएपछि… 

विराटनगर । विराटनगरबाट चोरी भएको कार भारतीय सिमा क्षेत्रमा फेला परेको छ । आज बिहानको राति करिब दुई बजेतिर चोरी भएको कार भारतीय सिमा क्षेत्र सुनसरीको इनरुवामा फेला परेको हो । प्रहरीले चोरीमा संलग्न भएको आरोपमा सुनसरीको गढी गाउँपालिका-४ घर भइ हाल विराटनगर-४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ । पेट्रोल सकिएपछि उनले कार अघि बढाउन नसकेको प्रहरी श्रोतले जनाएको छ । कारसहित चोरी...
विराटनगरमा सोरुमभित्रबाटै चोरी भयो कार

विराटनगरमा सोरुमभित्रबाटै चोरी भयो कार

विराटनगर । विराटनगर-३ एयरपोर्ट मोड नजिकैको सोरुमबाट कार चोरी भएको छ । राति पूजा इन्टरनेशनल प्रा.लि.को सोरुमबाट आज बिहानको राति सिसा फोडेर कार चोरी भएको हो । कम्पनीका अनुसार भक्स्वागन कम्पनीको बा ०१३० च ८५८१ नम्बरको कार चोरी भएको हो । कम्पनीमा कार्यरत एक कर्मचारीका अनुसार आज सोरुमको मुख्य गेट खोलेर सिसा फुटाएर कार चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । कम्पनीका अनुसार चोरी भएको कारको...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । बिहीबार दुई हजार तीन सय रुपैयाँले बढेको सुन आज तोलामा चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार एक लाख ७० हजार द...
एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित

एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित

धनकुटा । नेकपा एमाले धनकुटा नगर कमिटीको अध्यक्षमा पुनः अर्जुन छारा निर्वाचित भएका छन् । बुधबार सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनले छाराको नेतृत्वमा ७५ सदस्यीय नगर कमिटी निर्माण गरेको हो । नव गठित कमिटीको उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे, उपसचिव ( खुल्ला) मा मानबहादुर राई ‘बुद्ध’ र उपसचिव (महिला) मा दुर्गा ढकाल ‘बस्नेत’ निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य ए...
इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

इलाम र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । इलाम र मोरङबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा विराटनगर-१७ बाट एक जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलका चालक मोरङको बेलबारी नगरपालिका-४ का ३२ वर...
झापा कारागारमा बेहोस भएका एक कैदीबन्दीको मृत्यु

झापा कारागारमा बेहोस भएका एक कैदीबन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार झापामा एक कैदीबन्दीको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– १ का ४० वर्षीय मदन सिलवालको मृत्यु भएको हो । उनलाई ठगी मुद्दामा कारागार चलान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय  झापाका अनुसार मङ्गलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर सिलवाल बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक हजार सात सय रुपैयाँले घटेको सुन आज दुई हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलबार प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ६९ हजार...
कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर

कोशी प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर

विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले पराजुलीलाई ६ वर्ष कैद र एक करोड २२ लाख जरिवाना हुने फैसला गरेको छ । उनले ६२ लाख ३७ हजार रुपैयाँ भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको छ । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको मुद्दामा पराजुली दोषी ठहर भएका हुन् । बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका ...
प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी निर्वाचित

प्रेस चौतारी कोशीको अध्यक्षमा पुरी निर्वाचित

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् । विराटनगरमा बुधबार सम्पन्न दोश्रो प्रदेश अधिवेशनबाट पुरी अध्यक्षमा सर्वसम्मत  निर्वाचित भएका हुन् । पुरी यसअघि उपाध्यक्ष थिए । यसैगरी उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी र कोषाध्यक्षमा विशाल नेम्वाङ निर्वाचित भए । प्रदेश कमिटीको सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्र...
‘नो केबलकार’ पक्षलाई पुनः वार्तामा आउन सरकारको आह्वान

‘नो केबलकार’ पक्षलाई पुनः वार्तामा आउन सरकारको आह्वान

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन नदिने भन्दै आन्दोलन गरिरहेको  ‘नो केबलकार’ पक्षलाई गृह मन्त्रालयले पुनः वार्तामा आउन आह्वान गरेको छ । आज वार्ता समिति संयोजक सह-सचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेका हुन् । सरकारले माग पूरा सम्बोधन नगरेको भन्दै माघ २९ गतेबाट मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त सङ्घर्ष समितिले आन्दोलन सुरु गरेको...
मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुरा आउँदा भ्रम सिर्जना भयो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिडिया र सामाजिक सञ्जालमा तथ्यहीन कुराहरू आउँदा भ्रम सिर्जना भएको बताएका छन् । प्रेस चौतारी कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्‌घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । गलत र भ्रमपूर्ण प्रचारलाई परास्त गर्दै सत्य र तथ्यलाई जनताका बीचमा सम्प्रेषण गर्ने काम समग्र मिडिया क्षेत्रको भएको उनले बताए । ‘कहिलेकाँही मैले कतिपय ठाउँहरूमा देखेको...
इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

इलाममा बाबुको हत्या आरोपमा छोरा-बुहारीसहित ६ जना पक्राउ

विराटनगर । इलाममा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले छोरा-बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । छोरा-बुहारीमाथि चार जना मान्छे खटाएर बाबुको हत्या गरेको आरोप छ । माघ २८ गते सुर्याेदय नगरपालिका-११ का ५१ वर्षीय धनराज राई आफ्नै घरको बीच कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतकको टाउकोको पछाडि र निधारको अगाडिको भागमा गम्भीर चोट लागेको थि...
प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन (फोटो फिचर)

विराटनगर । प्रेस चौतारी कोशी प्रदेशको दोस्राे अधिवेशन सुरु भएको छ । विराटनगरको कञ्चनजङ्गा होटलमा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्‌घाटन प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरे । अधिवेशनबाट चौतारी कोशी प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ । अधिवेशनमा आयोजक र प्रतिनिधिसहित करिब दुई सय जना सहभागि छन् । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
झापामा घरभित्रै महिलाको शव फेला

झापामा घरभित्रै महिलाको शव फेला

विराटनगर । झापामा घरभित्रै महिलाको शव फेला परेको छ । शिवसताक्षी नगरपालिका-११ स्थित घरमा एक्लै बस्दै आएकी ५८ वर्षीया गङ्गामाया लिम्बुको शव घरको भान्सा कोठामा भेटिएको हो । उनका श्रीमान धर्मराज सेनेहाङ्ग लिम्बु भारतको सिक्किममा रहेको बुझिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता इन्स्पेक्टर विजय चौहानका अनुसार गएराति महिलाको शव भेटिएको हो । भित्रबाट चुकुल लगाएक...
ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार हुँदा आइतबार एक लाख ६८ हजार ...
जामुनगाछी-केसलिया सडक जेठसम्ममा कालोपत्रे हुन्छ : मेयर कोइराला

जामुनगाछी-केसलिया सडक जेठसम्ममा कालोपत्रे हुन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने गणेश चोकदेखि केसलियासम्मको सडक आगामी जेठसम्ममा कालोपत्रे हुने नगरप्रमुख नागेश कोइरालाले दावी गरेका छन् । आज महानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो दावी गरेका हुन् । हुलाकी राजमार्ग अन्तरगत पर्ने करिब तीन किलोमिटर सडक दशक बढी समयदेखि अलपत्र छ । उक्त सडकको काम महानगरकै समन्वय र दबाबका भइरहेको उल्लेख गरे । उनले आफ्नो का...
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा

विराटनगर । नेपाल विश्वका भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क अनुसार नेपाल १०७ औं स्थानमा परेको हो । सर्वेक्षण गरिएका १८० देशमध्ये साउथ सुडान विश्वकै सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा परेको छ । युरोपेली मुलुक डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क विगत ७ वर्षदेखि एक नम्बर...
बैंकबाट ऋण लिएर खरिद गरेको कृषि उपकरण तीन महिनादेखि भन्सारमै रोकियो

बैंकबाट ऋण लिएर खरिद गरेको कृषि उपकरण तीन महिनादेखि भन्सारमै रोकियो

विराटनगर । ‘कम्वाइन हार्वेस्टर’ नामक मेसिन ल्याउँदा एकीकृत भन्सार जाँच चौकी विराटनगरले अनावश्यक दुःख दिएको आरोप लागेको छ । कृषक तथा स्थानीय व्यवसायीले नेपाल ल्याउन लागेको मेसिन भन्सारमै रोकिएपछि यस्तो आरोप लागेको हो । नेपाली किसानका लागि एउटा महत्वपूर्ण र अत्याधुनिक कृषि सामाग्री भनिए पनि भन्सारले अनेक बहानामा रोकिदिएको इटहरी-१६ का चन्दनकुमार साहले बताए । उनले विराटनगरमा पत्रकार सम्मेलन गर्दै स...
सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महा...
सुनसरीमा पिकअपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

सुनसरीमा पिकअपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

सुनसरी । सुनसरीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका-१ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको  प्र १-०२-०२ च ५४७९ नम्बरको पिकअपले ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट स्कुटर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-१ का २७ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स...
‘नो केबलकार’ समूहद्वारा पुनः आन्दोलन घोषणा, के-के छन् कार्यक्रम ?

‘नो केबलकार’ समूहद्वारा पुनः आन्दोलन घोषणा, के-के छन् कार्यक्रम ?

विराटनगर । ताप्लेजुङमा केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले पुनः आन्दोलन घोषणा गरेको छ । सरकारसँग भएको वार्ता बिनानिष्कर्ष सकिएपछि मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् । उच्च स्तरीय वार्ता समिति गठन गर्न माग गरिएको भएपनि सरकार केबलकार बनाउने पक्षमा देखिएकाले पुनः आन्दोलन गर्न बाध्य हुनुपरेको विज्ञप्तिमा...
मोरङको उर्लाबारीमा किशोरको शव फेला

मोरङको उर्लाबारीमा किशोरको शव फेला

विराटनगर । मोरङको उर्लाबारीमा पैनीमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । आज बिहान उर्लाबारी नगरपालिका-२ जनटोलका १७ वर्षीय सनम निरौलाको शव फेला परेको हो । ‘छारे रोगका बिरामी रहेछन् । राति साथी र बुबासँगै सुतेको बुझियो । बिहान पाँच बजे हेर्दा मान्छे देखेनछन्’, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले संगालोखबरसँग भने, ‘रोगले भेट्दा पहिला पनि हिड्ने गरेको रहेछ । खो...
पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङ्थापु स्थित गौंथली भीरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा चालक याङवरक–१ टिम्बुरे घर भएका २७ वर्षीय दिनेश चौहानको मृत्यु भएको हो । आज बिहान मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहले जानकारी दिए । ‘घटनास्थल टाढा छ । हामी फिदिमबाट घटनास्थलतर्फ जाँदै छौँ । पुग्न अझै केही समय लाग्छ’, उनले संग...
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ ...
धनकुटाको चौबिसेमा खुकुरी प्रहारबाट एक जना घाइते

धनकुटाको चौबिसेमा खुकुरी प्रहारबाट एक जना घाइते

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-८ आमडाँडामा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । स्थानीय दलबहादुर मगरको घरमा विवाहको निम्तो मान्न आएका सोही स्थानका २१ वर्षीय छवि मगरमाथि खुकुरी प्रहार भएको हो । प्रहरीका अनुसार सोही स्थानका २१ वर्षीय विपिन थापाले अत्यधिक मदिरा सेवन गरेर खुकुरी प्रहार गरेका थिए । मगरको दाँया हातको माझी औंलाको पछाडि र बायाँ हातको बूढी औँलाको कापमा काटेको प्रहरीले जनाएको छ ...
सुन्दरहरैँचामा माघ ३० देखि चौथो संस्करणको विराट एक्स्पो 

सुन्दरहरैँचामा माघ ३० देखि चौथो संस्करणको विराट एक्स्पो 

विराटनगर । मोरङको सुन्दरहरैँचामा माघ ३० गतेदेखि चौथो संस्करणको विराट एक्स्पो सुरु हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको एक्स्पो आगामी फागुन १० गतेसम्म संचालन हुनेछ । सार्वजनिक शौचालय निर्माणका लागि विराट एक्स्पो आयोजना गरिएको संयोजक भोलेश्वर दुलालले जानकारी दिए । आज पत्रकार सम्मेलन गर्दै एक्स्पोको आन्तरिक तयारी पुरा भएको तथा फिल्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइए...
भोजपुरबाट ३५ करोडको सुन्तला निर्यात

भोजपुरबाट ३५ करोडको सुन्तला निर्यात

भोजपुर । भोजपुर जिल्लाबाट यो वर्ष चार हजार दुई सय मेट्रिक टन सुन्तला निर्यात भएको छ । सात सय ९० हेक्टर क्षेत्रफलमा उत्पादन भएको सुन्तला निर्यात हुँदा ३५ करोड २८ लाख बराबरको रकम जिल्ला भित्रिएको हो । गत वर्ष २९ करोड बराबरको सुन्तला निर्यात भएको थियो । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार भएपनि सात सय ९० हेक्टर क्षेत्रफलबाट उत्पादन सुरु भएको छ । केन्द्रका प्रमु...
error: Content is protected !!