संगालोखबर


विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार चार सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार दुई हजार सात सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला पाँच रुपैयाँले बढेको चाँदी आज १५ रुपैयाँले घटेको हो ।

Advertisement

आज चाँदी प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!