धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-७ मौनाबुधुक का ३० वर्षीय भुपेन लिम्बु र चौबिसे गाउँपालिका-६ राजारानी का २५ वर्षीय हेमबहादुर बिक छन् । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार धरानबाट राजारानीतर्फ आउँदै गरेको को ३९ प ३०३ नम्बरको मोटरसाइकलमा सवा उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो । उनी...
विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख (पूर्णपाठसहित)

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब ४० लाख (पूर्णपाठसहित)

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज नगरसभाको १६ औैं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन् । वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट ३४ करोड ३४ लाख र प्रदेश सरकारबाट ३ करोड ६२ लाख ३० हजार आय हुने अनुमान गरिएको उपप्रमुख कार्कीले उल्लेख गरिन् । यस्तै राजस्व बाँडफाँडबाट प्राप्त ...
विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगरमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको आज विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा इलामको सूर्योदय नगरपालिका घर भएकी ४१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । झापाको विर्तासीटी अस्पतालमा उपचारका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक साता अघिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई थप उपचारका लागि आज बिहान करिब ४ बजे...
पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु 

विराटनगर । पाँचथरको हेवा खोलामा पानीको सतह घटेपछि यातायात सुचारु भएको छ । सोमबार साँझदेखि परेको पानीले हेवा खोलाको डाइभर्सन पार गरेपछि अवरुद्ध भएको मेची राजमार्ग पानीको सतह घटेसँगै सुचारु भएको हो । प्रहरीका अनुसार हेवा खोला भएर इलाम र पाँचथरबाट ताप्लेजुङ तथा ताप्लेजुङदेखि पाँचथर हुँदै इलाम र झापातर्फ जाँदै गरेका सवारी साधन बाटोमा नै रोकिएका थिए । अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ गइसकेको जि...
मनमोहन विश्वविद्यालयका विद्यार्थीले उत्पादन गरे चार प्रकारका औषधी 

मनमोहन विश्वविद्यालयका विद्यार्थीले उत्पादन गरे चार प्रकारका औषधी 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालयमा फार्मेसी अध्ययन गर्ने विद्यार्थीहरूले चार प्रकारका आयुर्वेदिक औषधी उत्पादन गरेका छन् । विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ फार्मेसी साइन्स (औषधी विज्ञान) मा  स्नातक अध्ययनरत विद्यार्थीहरूको समुहले आफ्नै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका औषधी उत्पादन गरेका हुन । भारतको पतञ्जलि आयुर्वेद प्रतिष्ठानबाट अनुसन्धानमा ...
विराटनगरमा सिटी सफारीमा छुटेको नगद सम्बन्धित धनीले पाए 

विराटनगरमा सिटी सफारीमा छुटेको नगद सम्बन्धित धनीले पाए 

विराटनगर । भारतको जोगबनीबाट विराटनगर आउनेक्रममा सिटी सफारीमा छुटेको नगदसहितको सामान फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । प्रदेश १-००२ ह ३९३० नम्बरको सीटी सफारीमा विराटनगरतर्फ आउने क्रममा नगदसहितको झोला, मोबाइल र कागजपत्र हराएको भनेर विराटनगर महानगरपालिका-५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्यायले प्रहरीमा निवेदन दिएका थिए । सोही आधारमा प्रहरीले सीसी क्यामेरा फुटेज अध्ययन गर्दा सफारी पत्त...
कतारले खोल्यो हवाईमार्ग, जनजीवन सामान्य बन्दै

कतारले खोल्यो हवाईमार्ग, जनजीवन सामान्य बन्दै

विराटनगर । कतारले हवाईमार्ग खुला गरेको छ । कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा इरानले आक्रमण गर्ने सूचना पाएपछि बन्द गरिएको हवाई मार्ग अहिले खुला गरिएको हो । हवाईमार्ग बन्द हुँदा कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरू समस्यामा परेका थिए । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरू पनि अलपत्र परेका थिए । कतिपय जहाज डाइभर्ट गरिएको थियो । अहिले कतारको...
रोकियो नेपालबाट कतार जाने उडान

रोकियो नेपालबाट कतार जाने उडान

विराटनगर । नेपालबाट कतार जाने उडान रोकिएको छ । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि उडान रोकिएको हो । सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरिएको छ । इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्र...
मौद्रिक नीति निजी क्षेत्रमैत्री र उत्पादनमुखी हुनुपर्नेमा जोड

मौद्रिक नीति निजी क्षेत्रमैत्री र उत्पादनमुखी हुनुपर्नेमा जोड

विराटनगर । उद्योग संगठन मोरङले उद्योगी-व्यवसायी, बैङ्किङ क्षेत्रका प्रतिनिधिहरू, चार्टर्ड एकाउन्टेन्ट तथा अर्थतन्त्रसँग सम्बन्धित सरोकारवाला पक्षहरूसँग आगामी मौद्रिक नीतिका सन्दर्भमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगतका मौद्रिक नीतिको प्रभाव, उद्योग व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरू र सम्भावित सुधारका उपायहरूबारे आफ्नो धारणा राख्दै आगामी मौद्रिक नीति निजी ...
धनकुटामा पुरुष मृत फेला

धनकुटामा पुरुष मृत फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ ढुङ्गेमा एक पुरुष मृत भेटिएका छन् । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका-११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर रहेका छन् । स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिएर बस्दै आएका मगर आज बिहान सुतेकै अवस्थामा मृत भेटिएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । प्रहरी प्रवक्ता खनालका अनुसार मृत भेटिएका मगर भेडेटार स्थित आहाले मह...
धनकुटाको पाख्रीवासमा एकै ठाउँमा चार वटा गाडी ठोक्किँदा सडक अवरुद्ध

धनकुटाको पाख्रीवासमा एकै ठाउँमा चार वटा गाडी ठोक्किँदा सडक अवरुद्ध

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५, डिकुरेमा चार वटा गाडी ठोक्किएर सडक ढाक्दा मध्य पहाडी लोकमार्गको पाख्रीवास-लेगुवा सडक खण्ड अवरुद्ध भएको छ । एकै ठाउँमा ट्रक, दुई वटा टिपर र इभी गाडी ठोक्किँदा बिहान करिब ११ बजेदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन ।  भोजपुरबाट काठको लकडी बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ६६१ नम्बरको ट्रक ‘एक्सल’ भाँचिएर पछि सरेपछि पछाडि रहेका तीन वटा गाडी पनि ठ...
इलाममा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इलाममा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका-३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नं. को ट्रकले विपरीत दिशाबाट गइरहेको बा ८९ प २२६६ नं. को मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार बझाङको बित्छडचिर गाउँपालिका-१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका-८ की २३...
चर्को गर्मीमा चल्ने तातो हावा लु बाट कसरी जोगिने ?

चर्को गर्मीमा चल्ने तातो हावा लु बाट कसरी जोगिने ?

विराटनगर । यो समय गर्मी बढी हुने समय हो । वैशाखदेखि भदौ अन्तिमसम्म तराईका जिल्लाहरूमा चर्को गर्मीसँगै तातो हावा चल्न सक्छ । पानी नपरेको बेला लाग्ने चर्को घाम र चल्ने तातो हावाले तराइको जनजीवन प्रभावित बनाउँछ । यस्तै पहाडी क्षेत्रमा पनि गर्मीले दैनिक जीवनयापनलाई कठिन बनाउँछ । चर्को गर्मीमा शरीरको तापमानको सन्तुलन बिग्रँदा मानिसलाई लु लाग्ने खतरा पनि हुन सक्छ । योसँगै गर्मीको समयमा विभिन्न स्वास्...
मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता

मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता

खोटाङ । मृत्यु भइसकेका मान्छेले भत्ता लिन्छन् ? पक्कै पनि लिदैनन्, लिन सम्भव पनि छैन । तर, खोटाङमा मृत्यु भइसकेका १६ जना व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिइएको भेटिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका मृत्यु भइसकेका वडा न १ का ३ जना, २ का ४ जना, ३ का १ जना र ४ का २ जना व्यक्तिको नाममा भत्ता लिएको पत्ता लागेको छ । त्यस्तै, दिप्रुङ चुइचुम्माकै वडा नं. ५ का २ जना, ६ का १ जना र ७ का ३ जना ...
सुनसरीमा सर्पले डस्दा बालिकाको मृत्यु

सुनसरीमा सर्पले डस्दा बालिकाको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-८ मा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोहमद कासिमकी १२ वर्षीया छोरी नविजन खातुनको मृत्यु भएको हो । घरको आँगनमा खेल्ने क्रममा बालिकाको दाहिने खुट्टामा सर्पले डसेको प्रहरीले जनाएको छ । तर कुन प्रजातिको सर्पले टोकेको भन्ने खुलेको छैन । प्रहरीका अनुसार बालिकालाई उपचारका लागि इनरुवा अस्पताल लगिएको उपचार सम्भव नभएपछि विराटनगरको कोशी अस्पत...
सोलुखुम्बुमा करेन्ट लागेर एक जनाको मृत्यु

सोलुखुम्बुमा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । सोलुखुम्बुमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदुधकुण्ड-७ भित्ताखर्कका ३५ वर्षीय रविन बस्नेत छन् । शनिबार दिउँसो सोलुदुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथलामा विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सोलुखुम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा जिल्...
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

विराटनगर । चितवनको राप्ती नगरपालिका-४ डडुवामा बस र इभी माइक्रो बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रूपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपानेको पहिचान खुलेको छ भने अन्य मृतकको पहिचान खुल्न बाँकी छ । धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्ब...
विराटनगरबाट प्रहरी हुँ भन्दै पैसा असुल गर्ने पक्राउ

विराटनगरबाट प्रहरी हुँ भन्दै पैसा असुल गर्ने पक्राउ

विराटनगर । विराटनगर-१६ स्थित रानी-जोगमनी सडक खण्डबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ का २५ वर्षीय धनकुमार थारू छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार थारूलाई शुक्रबार पक्राउ गरिएको हो । थारूले शारीरिक रूपमा अपांगता भएका व्यक्ति तथा सर्वसाधारणबाट पैसा असुल्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको उनले जानका...
मोरङको हरैंचामा कार्यरत खड्का बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी

मोरङको हरैंचामा कार्यरत खड्का बने कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । मोरङको हरैंचास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक निरबहादुर खड्का कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले खड्कालाई जेठ महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशका १४ वटै जिल्लामा कार्यरतहरुबाट छानेर हरेक महिना एक/एक जनालाई सर्वोत्कृष्ट प्रहरी घोषित गरी राम्रो कामका लाग...
धनकुटामा बरण्डाबाट लडेर महिलाको मृत्यु

धनकुटामा बरण्डाबाट लडेर महिलाको मृत्यु

धनकुटा । धनकुटामा घरको बरण्डाबाट लडेर आज बिहान एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं.१० उत्तरपानीकी ५० वर्षीया प्रमिला राई घिसिङ छन् । बिहान करिब ६ बजे उनी आफ्नै घरको बरण्डाबाट लडेकी हुन् । घरको दोस्रो तलाको बरण्डाबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । https://www.youtube.com/watch?v=1jztL7QYwVE
विद्युत प्राधिकरणलाई संवेदनशील हुन उद्योग संगठन मोरङको आग्रह 

विद्युत प्राधिकरणलाई संवेदनशील हुन उद्योग संगठन मोरङको आग्रह 

विराटनगर । उद्योग संगठन मोरङ विद्युत प्राधिकरणलाई संवेदनशील हुन् आग्रह गरेको छ । बारम्बारको विद्युत ‘ट्रिपिङ’का कारण उद्योग, कलकारखाना संचालनमा समस्या भएको भन्दै संगठनले प्राधिकरणको ध्यानाकर्षण गराउँदै संवेदनशील हुन आग्रह गरेको हो । सुनसरी-मोरङ औद्योगिक करिडोरमा प्राधिकरणले नियमित विद्युत आपूर्ति हुने आश्वासन दिएपनि त्यसो हुन नसकेको उद्योग संगठन मोरङले जनाएको छ । बारम्बारको विद्युत ट्रिपिङले उद...
विवाह भएको तीन दिनमै दुर्घटनामा अस्ताए आजाद

विवाह भएको तीन दिनमै दुर्घटनामा अस्ताए आजाद

सप्तरी । विवाह भएको तीन दिनमै दुलहाको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ । घटना सप्तरीको रुपनी गाउँपालिका-१ को हो । आइतबार गुलजार मियाँको घरमा विवाहको रौनक थियो । २४ वर्षीय मो. आजाद मियाको विवाह समारोहमा आफन्त, छरछिमेकी तथा साथीहरू जम्मा भएका थिए । उनीहरू नाचगान र रमाइलो गर्दै १८ किलोमिटर टाढा दुलही लिन जन्ती गएका थिए । तर मंगलबार राती ९ः३० बजे आजाद चढेका प्र २-०१-००१ प ३१३५ नम्बरको मोटरसाइक...
इटहरीबाट दुई बालिकाको उद्धार, वेल्स ग्लोबलका दुई ‘टुर म्यानेजर’ पक्राउ

इटहरीबाट दुई बालिकाको उद्धार, वेल्स ग्लोबलका दुई ‘टुर म्यानेजर’ पक्राउ

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट हर्बल प्रोडक्टहरूको मार्केटिङ गर्न आएका दुई बालिकाको उद्धार गरिएको छ । प्रहरीका अनुसार इटहरी-९ स्थित वन्दना होटलबाट उनीहरूलाई उद्धार गरिएको हो । काठमाडौं चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि.ले केही दिनअघि १२ जना किशोरीहरूलाई मार्केटिङका लागि इटहरी ल्याएको थियो । सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक...
विराटनगरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-३ पञ्चेश्वर मन्दिरअगाडि टिपरले स्कुटरलाई टक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई बुधबार दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटरको पछाडि सवार ब...
उदयपुरमा भेटियो दुई जनाको शव

उदयपुरमा भेटियो दुई जनाको शव

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ अमलचौरीमा आज बिहान दुई जनाको शव फेला परेको छ । स्थानीय १४ वर्षीया मञ्जु राई र २८ वर्षीय रवीन्द्र राईको शव दुई सय मिटरको फरकमा भेटिएको हो । मञ्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने रवीन्द्र झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । स्थानीयले मञ्जुको शव बाटोमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नजिकै ...
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, पति घाइते

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु, पति घाइते

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपियामा पति-पत्नी सवार मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१ की ४५ वर्षीया हिरा निगाले छिन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी हिरा र सामान्य घाइते भएका उनका पति ५३ वर्षीय राजेन्द्र श्रेष्ठलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको थियो । हिराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मं...
कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद

कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद

विराटनगर । कोशीका तीन जिल्लाबाट १३ लाख बराबरको अवैध सामान बरामद भएको छ । झापा, मोरङ र सुनसरीबाट करिब १२ लाख ८५ हजार चार सय ६० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको हो । भारतीय सीमावर्ती क्षेत्रबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिभिन्न प्रकारका कस्मेटिक, कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटरपार्टस् र इलेक्ट्रिक स्कुटरको ब्याट्रीहर...
पर्यटकीय स्थलको प्रर्वद्धनमा जुटे महालक्ष्मीका युवा

पर्यटकीय स्थलको प्रर्वद्धनमा जुटे महालक्ष्मीका युवा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका युवा नगरभित्र रहेका पर्यटकीय स्थलको संरक्षण र प्रर्वद्धनमा जुटेका छन् । उनीहरू ओझेलमा परेका पर्यटकीय गन्तव्यको संरक्षण र प्रर्वद्धनसँगै प्रचार-प्रसारमा जुटेका हुन् । महालक्ष्मी-६ स्थित मुगाली गाउँमा पिपल डाँडा चौतारो छ । जहाँ बस्नका लागि फलैँचा बनाइएको छ भने वरिपरि रेलिङ, गमाल राखिएको छ । जसमा युवाहरूको सक्रियतामा पालिकाभित्रका पर्यटकीय स्थलहरूको सूचीसह...
इटहरीमा तरकारी लोड भएको ट्रकबाट २१ क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

इटहरीमा तरकारी लोड भएको ट्रकबाट २१ क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट प्रहरीले तरकारी बोकेको ट्रकबाट २१ सय किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभुमि गाँउपालिका-६ का ३२ वर्षीय  राजेन्द्र राई र ट्रकमा सवार सोही स्थानका ३३ वर्षीय सुनिल राई छन् । आज बिहानको राती १ः३० बजेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरे...
धरानमा अदुवा र बन्दाकोपी लोड भएको ट्रकबाट २१ सय किलो गाँजा बरामद

धरानमा अदुवा र बन्दाकोपी लोड भएको ट्रकबाट २१ सय किलो गाँजा बरामद

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधाराबाट दुई हजार एक सय ३० किलो गाँजासहित सशस्त्र प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सोमबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मिनिट्रकमा गाँजा ओसार-पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले ट्रकसहित गाँजा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार प्रदेश १-०२-००२ ख ०८४८ नम्बरक...
शिक्षक आन्दोलनका कारण एसईईको नतिजामा ढिलाई, कहिले सार्वजनिक हुन्छ ?

शिक्षक आन्दोलनका कारण एसईईको नतिजामा ढिलाई, कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो सातामात्र सार्वजनिक हुने भएको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भएपनि यसपटक ढिलाई हुने भएको हो । यसअघि २९ दिनसम्म शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई हुँदा नतिजा पनि ढिलो सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले एसईईको उत्तरपुस्तिका परीक्षणको काम अन्तिम चरणमा प...
error: Content is protected !!