संगालोखबर


विराटनगर । उद्योग संगठन मोरङले उद्योगी-व्यवसायी, बैङ्किङ क्षेत्रका प्रतिनिधिहरू, चार्टर्ड एकाउन्टेन्ट तथा अर्थतन्त्रसँग सम्बन्धित सरोकारवाला पक्षहरूसँग आगामी मौद्रिक नीतिका सन्दर्भमा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगतका मौद्रिक नीतिको प्रभाव, उद्योग व्यवसाय क्षेत्रमा देखिएका चुनौतीहरू र सम्भावित सुधारका उपायहरूबारे आफ्नो धारणा राख्दै आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जना गर्नसक्ने खालको हुनुपर्नेमा जोड दिए ।

Advertisement

अध्यक्ष राठीले बजार आशाअनुरूप चलायमान हुन नसकी उद्योगहरू पूर्णक्षमतामा चल्न नसकेको यथार्थलाई आत्मसात गरी ऋणिको ऋण तिर्ने क्षमतामा ह्रास आइ धेरै ऋण निष्कृय कर्जामा वर्गीकरण हुन गएकाले आगामी मौद्रिक नीतिमा कर्जाको पुर्नतालिकीकरण हुनुपर्ने बताए ।

अन्तरक्रियामा सहभागि उद्योगी व्यवसायीले आगामी मौद्रिक नीति व्यवसायमैत्री, लचिलो र स्थिर भइ निजी लगानी आकर्षण गर्ने, साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिने, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन हुने उद्योगहरूलाई विशेष प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताए ।

कार्यक्रममा बैङ्कर्स सुलभहरि जोशी र बद्री कटवालले आगामी मौद्रिक नीतिले बैङ्कहरूबाट ऋण प्रवाह सहज बनाउने, विदेशी मुद्रा सञ्चिति सन्तुलनमा राखी बैंकिङ प्रणालीप्रति जनविश्वास अभिवृद्धि गराउने उपाय अवलम्बन गर्नुपर्ने उल्लेख गरे ।

चार्टर्ड एकाउन्टेन्ट अश्विनी वंसल, मनोज अधिकारी र तीर्थ यादवले मौद्रिक नीतिले निजी क्षेत्रको गतिविधिलाई मार्गदर्शन गर्ने मुख्य भूमिका निर्वाह गर्ने भएकाले नीति निर्माण गर्दा व्यावहारिक पक्ष, तथ्याङ्क र क्षेत्रगत आवश्यकतालाई विशेष ध्यान दिनुपर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!