संगालोखबर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो सातामात्र सार्वजनिक हुने भएको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भएपनि यसपटक ढिलाई हुने भएको हो ।

Advertisement

यसअघि २९ दिनसम्म शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई हुँदा नतिजा पनि ढिलो सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले एसईईको उत्तरपुस्तिका परीक्षणको काम अन्तिम चरणमा पुगेको छ । उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि इन्ट्री र रुजु गरी असार तेस्रो साता नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।

 गत चैतमा भएको एसईई परीक्षामा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागि भएका थिए । जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी परीक्षामा सामेल भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!