संगालोखबर

विराटनगर । कतारले हवाईमार्ग खुला गरेको छ । कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा इरानले आक्रमण गर्ने सूचना पाएपछि बन्द गरिएको हवाई मार्ग अहिले खुला गरिएको हो । हवाईमार्ग बन्द हुँदा कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरू समस्यामा परेका थिए ।

Advertisement

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरू पनि अलपत्र परेका थिए । कतिपय जहाज डाइभर्ट गरिएको थियो । अहिले कतारको जनजीवन सामान्य बन्दै गएको छ । गएरातीबाट हवाईमार्ग खुला गरिएको दोहा टाइम्सले जनाएको छ ।

अहिले इजरायल र इरानवीच द्धन्द्ध चलिरहेको छ । इजरायलले जुन १३ मा इरानमा आक्रमण गरेपछि तनाव बढेको हो । इजरायलको पक्षमा रहेको अमेरिकाले दुई दिनअघि इरानी आणविक केन्द्रमाथि आक्रमण गरेको थियो ।

सोही आक्रमणको जवाफस्वरूप इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी सैन्यबेसमा कम्तीमा ६ वटा मिसाइल प्रहार गर्यो । तीमध्ये एउटा सैन्य अड्डाभित्रै खसेको र अरुलाई निस्तेज पारिएको र कुनै मानवीय क्षति नभएको कतारको दावी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!