संगालोखबर


विराटनगर । नेपालबाट कतार जाने उडान रोकिएको छ । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि उडान रोकिएको हो ।

सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरिएको छ ।

Advertisement

इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ ।

राति ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । कतार जाने यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!