खोटाङ । मृत्यु भइसकेका मान्छेले भत्ता लिन्छन् ? पक्कै पनि लिदैनन्, लिन सम्भव पनि छैन । तर, खोटाङमा मृत्यु भइसकेका १६ जना व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिइएको भेटिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका मृत्यु भइसकेका वडा न १ का ३ जना, २ का ४ जना, ३ का १ जना र ४ का २ जना व्यक्तिको नाममा भत्ता लिएको पत्ता लागेको छ ।
त्यस्तै, दिप्रुङ चुइचुम्माकै वडा नं. ५ का २ जना, ६ का १ जना र ७ का ३ जना मृत्यु भइसकेका व्यक्तिको नाममा भत्ता लिएको भेटिएपछि महालेखा परीक्षकको कार्यालयले यसमा प्रश्न उठाएको छ ।
मृत्यु भइसकेका १६ जना व्यक्तिको नाममा आर्थिक वर्ष २०८०/८१ मा ३ लाख ७ हजार ६ सय २५ रुपैयाँ निकासा भएको पाइएपछि महालेखा परीक्षकको प्रतिवेदनले उक्त रकम फिर्ता लिई संघीय सञ्चित कोषमा दाखिला गर्न भनेको छ ।