इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

बग्दाद, १५ फागुन । इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ । इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो । ...
टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं

टेलिकमका रिचार्ज कार्डमा आधा मात्रै पिन नं

डोटी, १५ फागुन । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइलका रिर्चाज कार्डका पिन नम्बर आधामात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् । डोटीमा बिक्री वितरण भइरहेका कयौँ रिचार्ड कार्डमा आधामात्रै पिन नम्बर र बिना सिरियल नम्बरका रिचार्ज भेटिएका हुन् । बजारमा बिना सिरियल नम्बर र आधामात्रै पिन नम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड...
शान्ति खोज्दै लुम्बिनीमा

शान्ति खोज्दै लुम्बिनीमा

रुपन्देही, १५ फागुन । म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्माको वर्मामा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मुलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट म्यान्माको बर्मा बसाइँ सर्नुभएको थियो तर उहाँलार्ई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ । “म बर्मामा भए पनि ब...
आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

आगलागीमा परी बहिनीको मृत्यु, दिदी घाइते

डडेल्धुरा, १५ फागुन । आलिताल गाउँपालिका– ८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक गम्भीर घाइते भएकी छिन । मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा थापाकी आठ वर्षीया छोरी आरतीको मृत्यु भएको छ भने अर्का जेठी छोरी ११ वर्षीया निरुता गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौँ ...
पाकिस्तानले खसाल्यो भारतीय वायु सैनिकका दुई जहाज

पाकिस्तानले खसाल्यो भारतीय वायु सैनिकका दुई जहाज

एजेन्सी । भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ। भारतीय ...
विश्वकप एशिया छनोट : कुवेतलाई नेपालले हरायो

विश्वकप एशिया छनोट : कुवेतलाई नेपालले हरायो

काठमाडौँ, १५ फागुन । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा...
भारत–पाकिस्तान गोली हानाहान

भारत–पाकिस्तान गोली हानाहान

भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । मंगलबार बिहान भारतीय हवाई सेनाले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर पाकिस्तान प्रशासित क्षेत्रमा बिस्फोटक पदार्थ खसालेपछि थप तनाब बढेको हो । नियन्त्रण रेखाका विभिन्न क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबीच गोली हानाहान भएको छ । सीमा क्षेत्रको कश्मीरसँग जोडिएको नियन्त्रण रेखामा लागू भएको युद्ध विराम उल्लंघन गरेको आरोप भारत र पाकिस्तानले एक अर्कामाथि...
दुर्घटनामा एम्बुलेन्समा सवार बिरामीको मृत्यु, दुई घाइते

दुर्घटनामा एम्बुलेन्समा सवार बिरामीको मृत्यु, दुई घाइते

भरतपुर, १५ फागुन । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो । ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय स...
विभेदले थिचिएकी लोकगायिका डिक्रा

विभेदले थिचिएकी लोकगायिका डिक्रा

काठमाडौँ, १५ फागुन । “बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।।” दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौँ र ...
प्रदेश नं १ को नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ : मन्त्री आङ्बो

प्रदेश नं १ को नामाङ्कन र राजधानी सहमतिबाटै टुङिगन्छ : मन्त्री आङ्बो

मङ्गलबारे, १५ फागुन । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी हिउँदे अधिवेशनबाट प्रदेशको नामाङ्कन र राजधानी टुङ्गो लगाउने बताउनुभएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पाको रूपाटारमा निर्माण गरिएको सिद्ध किराँत हाङसाम युमा माङहिम (मन्दिर) को मङ्गलबार उद्घाटन गर्दै मन्त्री आङ्बोले प्रदेशको नामाङ्कन र राजधानी सहमति र समझदारीमा टुङ्गो लगाउने बताउनुभएको हो । पहिचानको ...
हिमपातले मर्न थाले चौँरी

हिमपातले मर्न थाले चौँरी

मनाङ, १५ फागुन । महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् । जिल्लामा रहेका चाँैरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्...
ताप्लेजुङमा छ वर्षदेखि फरार अभियुक्त पक्राउ

ताप्लेजुङमा छ वर्षदेखि फरार अभियुक्त पक्राउ

ताप्लेजुङ, १५ फागुन । कर्तव्य ज्यान मुद्दामा छ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन् । विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए । सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकम...
दुईपटक भूकम्पको धक्का

दुईपटक भूकम्पको धक्का

काठमाडौं ।  मंगलबार अपरान्ह ५ मिनेटको फरकमा दुईपटक भूकम्पको पराकम्प गएको छ । दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको हो । भूकम्पमापन केन्द्रका अनुसार ४ः१५ बजे दोलखा केन्द्रबिन्दू र ४ः२० मा सिन्धाुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको हो । दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । यसअघि फागुन ४ गते ...
मुटु रोगको उपचारमा नोबेलको नयाँ आयाम : नेपालमै पहिलो पटक ल्याईयो अत्याधुनिक उपकरण (भिडियोसहित)

मुटु रोगको उपचारमा नोबेलको नयाँ आयाम : नेपालमै पहिलो पटक ल्याईयो अत्याधुनिक उपकरण (भिडियोसहित)

विराटनगर, १४ फागुन । नोबेल शिक्षण अस्पतालले मुटु रोगको स्तरीय उपचारका लागि नेपालमै पहिलो पटक अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको छ । मुटुको जटिल एन्जियोप्लाष्टिका लागि अत्यन्तै उपयोगी मानिने यो मेसिन नेपालमै पहिलो पटक भित्राईएको हो । नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले रिबन काटेर मेसिनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले नेपालमै पहिलो ...
राँगोको आक्रमणबाट घाइतेको निधन

राँगोको आक्रमणबाट घाइतेको निधन

काठमाडौँ, १४ फागुन । राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा आज त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आउनुभएको थियो । राँ...
झापामा करेन्ट लागेर मृत्यु

झापामा करेन्ट लागेर मृत्यु

सुरुङ्गा, १४ फागुन । करेन्ट लागेर झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कमल गाउँपालिका–५ निवासी सूर्यकुमार राईको घर बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मंसुरीलाई उपचारका लागि दमकस्थित ल...
‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

काठमाडौँ, १४ फागुन । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ । अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको कार्यालयले बताएको छ । सो कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि नै अरु देशमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली र विदेशी नागरिक दुवैलाई नेपाली ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुर...
बिआरआईबाट दक्षिण एशियाका जनता लाभान्वित हुने

बिआरआईबाट दक्षिण एशियाका जनता लाभान्वित हुने

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआई)’ परियोजनाबाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताउनुभएको छ । ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल अटोमोबाइल एशोसिएशन (नासा)को संयुक्त आयोजनामा आजदेखि शुरु भएको बिआरआइसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले आफू प्रधानमन...
झापाको मेचीनगर नगरपालिकामा श्रीमतीको हत्या आरोपमा पक्राउ

झापाको मेचीनगर नगरपालिकामा श्रीमतीको हत्या आरोपमा पक्राउ

बनियानी, १४ फागुन । झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले श्रीमती हत्या गरेको आरोपमा आज एकलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा कोदालोको पासो र बाँसले हानेर श्रीमतीको हत्या गरेको आरोपमा मेचीनगर–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार खगिन्द्रले आज बिहान करीब ६ः३० बजे आफ्नी श्री...
नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन

नोकियाले ल्यायो ५ ओटा क्यामरा भएको स्मार्टफोन

 विश्व बजारमा नै पहिलोपटक नोकियाले ५ ओटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । एचएमडी ग्लोबलले नोकिया ब्रान्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक गरेको हो । एचएमडीले नोकिया नाइन पियोर भ्यूको मूल्य ६९९ डलर तोकेको छ । मार्च महिनासम्म नोकिया नाइन केही प्रमुख बजारमा मात्र उपलब्ध हुनेछ । सो मोबाइलको ५ ओटा क्यामेराहरु रहेका छन्, जसमध्ये २ ओट...
राष्ट्रिय हितका विषयमा खुला छलफल गर्न  प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय हितका विषयमा खुला छलफल गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि शुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिनुभएकोे छ । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा आफूलाई जानकारी गराउन आज सिंहदरबारमा आयोजना गरेको बैठकमा प...
जहाँ बिहे नभएको युवकको रामधुलाई गरिन्छ

जहाँ बिहे नभएको युवकको रामधुलाई गरिन्छ

एजेन्सी  । भारतको राजस्थानमा एउटा यस्तै निकै अनौठो परम्परा रहेको छ । राजस्थानको एउटा समुदायमा यस्तो परम्परा छ, जहाँ बिहे नहुने पुरुषमाथि जोडतोडसँग कुटपिट गरिन्छ । राजस्थानको जोधपुर सहरमा उक्त परम्परा वर्षौंदेखि चलिरहेको छ । जसअनुसार जब कुनै युवकको बिहेमा कुनै प्रकारको बाधा उत्पन्न हुन्छ वा बिहे हुन सक्दैन, तब त्यस्तो युवकलाई उसका घर परिवारले रामधुलाई गर्दछन् । आफ्नो बिहे नभएर चिन्तामा परेको यु...
यार्सागुम्बा अझै बिक्री भएन

यार्सागुम्बा अझै बिक्री भएन

दार्चुला, १४ फागुन ।  दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ ...
कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर

मेलबोर्न, १४ फागुन । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सबैभन्दा माथिल्लो तहका क्याथोलिक धर्मगुरु हुन् । अस्ट्रेलियाली न्यायाधीशहरुको समिति (जुरी) ले सर्वसम्मत रुपमा पेल दोषी रहेको ठहर गरेको छ । कार्डिनल पेलले सन् १९९० को दशकमा मेलबोर्नस्थित सेन्ट प्याट्रि...
बृद्ध दम्पतिको ज्यूँदै जलाएर हत्या

बृद्ध दम्पतिको ज्यूँदै जलाएर हत्या

सप्तरी, १४ फागुन । सप्तरीमा ज्यूँदै आगो लगाएर एक बृद्ध दम्पतिको हत्या भएको छ । खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोको नखुलेको र घरको ...
शेयर बजार : सात अङ्कले घट्यो

शेयर बजार : सात अङ्कले घट्यो

काठमाडौँ, १४ फागुन । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ लाख २८ कित्ता शेयर कारोवार भए । तर कारोव...
एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण

एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण

काठमाडौँ, १४ फागुन । नेपालको इतिहासमै यो वर्ष सबैभन्दा धेरै कानून बने । विसं २०७२ मा नेपालको संविधान जारी भएपछि सङ्घीयता अनुरुप बनाउनुपर्ने र संशोधन गर्नुपर्ने धेरै कानून बनेका हुन् । तीनै तहको निर्वाचन सम्पन्न भए पनि सङ्घीयता अनुरुप कानून नहुँदा काम गर्न समस्या देखापर्याे । ‘कानून निर्माण वर्ष–२०७५’ नै घोषणा गरेर सरकार कानून तर्जुमा गर्न लागिपरेको हो । “कानून निर्माणमा यो ऐतिहासिक वर्ष हो” कान...
धान खरीदमा लक्ष्य प्राप्ति

धान खरीदमा लक्ष्य प्राप्ति

वीरगञ्ज, १४ फागुन । धान खरीद सम्बन्धमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाद्य संस्थान वीरगञ्जले भने लक्ष्य प्राप्त गर्न सफल भएको छ । संस्थान वीरगञ्जले चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६ करोड चार लाख ७९ हजार १०० मूल्य बराबरको २४ हजार ५८४ क्विन्टल धान खरीद गरी लक्ष्य प्राप्त गरेको हो । सङ्घीय सरकारले यसवर्ष २५ हजार क्विन्टल मध्यम खालको सोना मन्सुली धान खरीद गर्न लक्ष्य दिएकोमा सो शाखा...
स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडौँ, १४ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी हुनुहुन्छ । प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपच...
त्रिभूवन विश्वविद्यालयमा बेथितिको चाङ

त्रिभूवन विश्वविद्यालयमा बेथितिको चाङ

साँखु, १४ फागुन । त्रिभूवन विश्वविद्यालयले २०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकाल्यो । परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले त्यसको विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए । पशुपति बहुमुख...
देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कलन

देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कलन

काठमाडौँ, १४ फागुन । चितवन, तनहुँ र नवलपरासीको सङ्गम त्रिवेणीस्थित मुख्य तीर्थस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुको ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलन गरिने भएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी वैशाख १ देखि १० गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हङ्समण्डपमा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आयोजना ग...
error: Content is protected !!