चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए ।

Advertisement

मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’

यद्यपि उनले सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए । केही लागेन भने राजनीति विकल्प बन्न सक्ने उनले बताए ।  ‘बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति ? तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’

उनले भने, ‘राजनीतिज्ञ कस्तो हुनुपर्छ, लिडर कस्तो हुनुपर्छ भनेर आम सर्वसाधारणलाई सचेत गराउन सकेमा र जनताले आफ्नालागि आफ्नो भविष्य कोर्ने राजनीतिज्ञ छान्ने क्षमता राख्नुभयो भने राजनीतिमा हाम्रो कुनै आवश्यकता छैन । सिक्नुपर्ला, तर मैले आज जानेको चिज राजनीति होइन ।’

हिरासतको बसाइ नयाँ अनुभव

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भएका थिए । हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइएको रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले बताए ।

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने बताएकोबारे पनि पत्रकार सम्मेलनमा प्रश्न सोधिएको थियो । जवाफमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले वाचा गरेको जिम्मेवारी पूरा गर्ने पनि बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!