- संगालोखबर सम्वाददाता

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले उनको रिहाई माग गर्दै आज राजधानीको माइतीघरमा बृहत प्रदर्शन गरेका छन् ।भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध नेपालका लागि नेपाली नामक समूहको अगुवाईमा सञ्चारकर्मी लामिछाने समर्थकले प्रदर्शन गरेका हुन् ।

Advertisement

प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरे । साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटनाअघि रेकर्ड गरिएको भिडियो सार्वजनिक भएपछि सोहि भिडियोमा लिईएको नामका आधारमा लामिछानेसहित अस्मिता कार्की र पत्रकार युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।

निदोस व्यक्तीलाई फसाउँन खोजिएको भन्दै उनका सामर्थकले रिहाईको माग गर्दै निरन्तर प्रदर्शनसहित दवाव दिईरहेका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!