चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार सार्वजनिक बिदा

चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदाको प्रस्ताव राखेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअ...
आज विजयादशमीः १०ः३५ बजे टीकाको साइत

आज विजयादशमीः १०ः३५ बजे टीकाको साइत

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चार्ड बडादशैंको मुख्य दिन आज बिजयादशमी । मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ ...
धनकुटामा दुई जनाको शव फेला

धनकुटामा दुई जनाको शव फेला

धनकुटा । धनकुटामा सोमबार दुई जनाको शव फेला परेको छ । महालक्ष्मी नगरपालिका–४ दमार स्थित अरुण नदी किनार र सहिदभूमी गाउँपालिका–७ स्थित तमोर नदी किनारमा एक/एक जना महिलाको शव फेला परेको हो । अरुण नदीमा भेटिएको शवको पहिचान भएको छ भने तमोरमा भेटिएको शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सहिदभूमी गाउँपालिका–७ सितेनी भीर स्थित तमोर नदी किनारमा महिलाको शव भेटिएको हो । करिव ...
निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो। महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी ...
धनकुटाकी युवती सेल्फी खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता

धनकुटाकी युवती सेल्फी खिच्ने क्रममा लडेर तमोर नदीमा बेपत्ता

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा आज दिउँसो एक युवतीलाई नदीले बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदी किनारमा सेल्फी खिच्ने क्रममा धनकुटा–७ मदनचौककी २२ बर्षीया सुजना कटुवाललाई तमोरले बगाएको हो । साथीहरुसँग गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर दिउँसो करिव ३ बजे नदीमा बेपत्ता भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । ‘घटनाको ...
बडा दशैंको सातौ दिन : भगवती कालरात्रीको पुजा गरिदै

बडा दशैंको सातौ दिन : भगवती कालरात्रीको पुजा गरिदै

काठमाण्डौं । आज बडादशैंको सातौ दिन अर्थात फुलपाती । फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन्। उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ...
धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने

धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने

धनकुटा । धनकुटामा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुँने भएको छ । सहिद रामकृष्ण स्मृती प्रतिष्ठानले आगामी माघ पहिलो साता १ नम्बर प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको हो । २०३० साल चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा मृत्यु भएका राम कृष्ण श्रेष्ठलाई सरकारले ०७४ माघ ३ गते सहिद घोषणा गरेको थियो । उनकै सम्मानमा प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका सल्लाहक...
बडा दशैँको आज छैटौं दिन : कात्यायिनी भगवतीको पुजा गरिदै

बडा दशैँको आज छैटौं दिन : कात्यायिनी भगवतीको पुजा गरिदै

काठमाण्डौं । बडा दशैँको आज छैटौं दिन । नवरात्रीको छैटौं दिन कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ । आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास छ । कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रम...
धनकुटामा जिप दुर्घटना हुँदा तीन घाईते

धनकुटामा जिप दुर्घटना हुँदा तीन घाईते

धनकुटा । धनकुटाको पात्लेखोला नजिक आज दिउँसो जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । तेह्रथुमबाट धरान तर्फ जाँदै गरेको को.१ ज.२७९१ नम्बरको जिप दिउँसो करिव साँढे १२ बजे ब्रेक फेल भएर कोशी राजमार्गमा पल्टिएको हो । दुर्घटनामा परी तेह्रथुमको जिरिखिम्तिकी ५२ बर्षीया पबित्रा लिम्बु, उनकी नातिनी २ बर्षीया सुबर्ण लिम्बु र ७१ बर्षीया कुमारी लिम्बु घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको धनकुटा जिल्...
धनकुटाको चौबिसेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

धनकुटाको चौबिसेमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपामा गएराती ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौबिसे–३ बन्दुकेडाँडाका १७ बर्षीय लक्ष्मण तामाङ छन् । तमोर नदीबाट बालुवा लिएर मुढेबास जाँदै गरेको को.२ त.२८३६ नम्बरको ट्याक्टरबाट लडेर तामाङ गंभीर घाईते भएका थिए । घाईते तामाङलाई मुढेवास स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञ...
दुर्घटनामा घाईते भएका धनकुटाका भट्टराईको मृत्यु

दुर्घटनामा घाईते भएका धनकुटाका भट्टराईको मृत्यु

धनकुटा । धरानमा सडक दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका–६ आत्माराका गुरुप्रसाद भट्टराईको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको छ । बिराटनगरको न्यूरो अस्पतालमा उपचाररत ३८ बर्षीय भट्टराईको दिउँसो करिव ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार किराना पसलको सामान लिन को.१ ख.४६७९ नम्बरको बोलेरो पिकअप लिएर भट्टराई धरान गएका थिए । सामान लिएर धनकुटा फर्कने क्...
शल्यचिकित्सक समाजको अध्यक्षमा डा.यादव

शल्यचिकित्सक समाजको अध्यक्षमा डा.यादव

बिराटनगर। शल्यचिकित्सक समाज प्रदेश नम्बर १ को अध्यक्षमा नोबेल अस्पतालका डा.रोहितप्रसाद यादव निर्वाचित भएका छन् । १ नम्बर प्रदेशका बिभिन्न अस्पतालमा कार्यरत शल्यचिकित्सकहरुको भेलाले डा.यादवको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा डा.सुनिलचन्द्र अधिकारी, सचिवमा डा.राकेशकुमार गुप्ता, सह–सचिवमा डा.शिवराज शर्मा, कोषाध्यक्षमा डा.निशेष सिटौला र सह–कोषाध्यक्षमा डा.स...
धनकुटाको गुठिटारमा बस र ट्रक जुध्दा १४ घाईते

धनकुटाको गुठिटारमा बस र ट्रक जुध्दा १४ घाईते

धनकुटा । धनकुटा नगरपालिका–९ गुठिटार स्थित कोशी राजमार्गमा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा १४ जना घाईते भएका छन् । झापाबाट तेह्रथुम जाँदै गरेको ना.६ ख.१९७६ नम्बरको बस र बिपरित दिसाबाट आउँदै गरेको ना.६ ख.४४८३ नम्बरको ट्रक दिउँसो करिव १२ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा ट्रक चालकसहित १४ जना घाईते भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले संगालोखबरलाई जानकारी दिए । घाईते १३ जनाको धनकुटा ज...
दशैंको चौथो दिन : दुर्गा भवानीको चौथो रुप कुष्माण्डा भगवतीको पुजा गरिदै

दशैंको चौथो दिन : दुर्गा भवानीको चौथो रुप कुष्माण्डा भगवतीको पुजा गरिदै

काठमाडौं । दशैंको चौथो दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको चौथो रुप कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैछ ।महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा आज पनि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्र...
नोबेलद्वारा मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान

नोबेलद्वारा मोरङको इटहरामा निःशुल्क एम्बुलेन्स प्रदान

मोरङ । नोबेल शिक्षण अस्पतालले मोरङको ईटहरामा निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । रतुवामाई नगरपालिका–९ स्थित ईटहरामा रहेको जेष्ठ नागरिक हकहित समाजलाई नोबेलले करिव ११ लाख मुल्य बराबरको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो । ईटहरामा आयोजित कार्यक्रममा नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेले सस्थाका अध्यक्ष भुवनसिंह राईलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । सोहि अवसरमा रतुवामाई नगरपालिकाका मेयर र...
नेपाल प्रहरीमा ३५ सय दरबन्दी थपिने

नेपाल प्रहरीमा ३५ सय दरबन्दी थपिने

काठमाण्डौं । सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ। गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो। सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ। सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय गरेको छ। थपिने दरबन्दीमा प्राविधिकसहित ४ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्...
देशभरका ७० डाक्टरलाई प्रशिक्षण

देशभरका ७० डाक्टरलाई प्रशिक्षण

बिराटनगर। नोबेल शिक्षण अस्पतालमा देशभरका ७० जना डाक्टरलाई ईकोकार्डियोग्राफी प्रशिक्षण दिईएको छ । ईण्डियन एकेडेमी अफ कार्डियोग्राफीसँग सहकार्य गरेर नोबेल शिक्षण अस्पतालले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा देशभरका १५ अस्पतालमा कार्यरत ७० जना डाक्टर सहभागि थिए । सहभागिहरुलाई भारतको मेदान्त अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.रभी आर कैसलिवाल, डा.मनिस बन्साल, नोबेल शिक्षण ...
बडा दशैं सुरु : नवरात्रको पहिलो दिन आज घटस्थापना

बडा दशैं सुरु : नवरात्रको पहिलो दिन आज घटस्थापना

काठमाडौं । यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि यही शुभसाइतमा घटस्थापना गरिँदैछ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गा...
पाख्रीवासमा नेकपाद्वारा शुभकामना आदान प्रदान

पाख्रीवासमा नेकपाद्वारा शुभकामना आदान प्रदान

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाख्रीवास नगर कमिटिले आज चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नजिकिदै गरेको बिजया दशमी, दीपावली, छैठ, उधौली लगायत बिभिन्न साँस्कृतिक पर्वको शुभकामना साटासाट गरिएको हो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष राजेन्द्र राई, प्रदेश सदस्य धनमाँया विक, गणेश राई, जिल्ला सचिवालय सदस्य टंक चुवान, भीम राई, बिर्ष राई, प्रचार बिभाग प्रमुख अर्जुन राई, पाख...
चितवनमा ज्ञानेन्द्र शाहीलाई आक्रमण

चितवनमा ज्ञानेन्द्र शाहीलाई आक्रमण

चितवन । ‘नेपालका लागि नेपाली’ अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । अज्ञात समुहको आक्रमणबाट उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा.३ ख.४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन् । घाईते शाहीलाई उपचारका लागि अस्पताल लगिएको छ । उक्त ठाउँमा सभा गर्न प्रह...
धनकुटा बसपार्क र हिलेमा यात्रु सहायता कक्ष

धनकुटा बसपार्क र हिलेमा यात्रु सहायता कक्ष

धनकुटा । चाडपर्वको समयमा यात्रुको सहजताका लागि धनकुटाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको अत्याधिक चाप हुँने गरेको दशैं, तिहार र छैठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पुर्याउँन सहयोग गर्ने उद्धेश्यले धनकुटा बसपार्क र हिले बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा स्थापना गरिएको सहायता क...
धनकुटा क्याम्पसमा पूर्व विद्यार्थीको जमघट : एल्मुनाई एसोशिएसन गठन, पूर्व बिद्यार्थी र जग्गादातालाई सम्मान

धनकुटा क्याम्पसमा पूर्व विद्यार्थीको जमघट : एल्मुनाई एसोशिएसन गठन, पूर्व बिद्यार्थी र जग्गादातालाई सम्मान

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा आयोजित पूर्व बिद्यार्थीहरुले भेलाले संबिधान सभा सदस्य टिकाराम चेम्जोङको अध्यक्षतामा एल्मुनाई एसोशिएसन गठन गरेको छ । समितिको उपाध्यक्षमा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, महासचिवमा स्ववियुका पूर्व सदस्य राजन पौडेल, सचिवमा प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ र कोषाध्यक्षमा प्राध्यापक रुद्र पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यमा महालक्ष्मी नगरपालिकाका प्रमुख पर...
उदयपुरमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

उदयपुरमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको कटारीमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाईबाट कटारी–९ लिम्पाटारका ३२ बर्षीय दलबहादुर परियारको मृत्यु भएको हो । घर नजिक चिलाउनेको रुखमा रहेको अरिङ्गालको गोलोमा आगो लगाउने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङगालको टोकाईबाट गंभीर घाईते भएका परियारलाई उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको ...
धनकुटामा एकै दिन १९ हजार बोट गाँजा फडानी

धनकुटामा एकै दिन १९ हजार बोट गाँजा फडानी

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा लगाईएको करिव १९ हजार भन्दा बढी गाँँजाका बोट प्रहरीले बुधबार फडानी गरेको छ । शहिदभूमी–१ र साँगुरीगढी–९ मा अबैध रुपमा लगाईएका र आफै उम्रिएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी त्रिवेणीबाट गएको प्रहरी टोलीले शहिदभूमी गाउँपालिका–१ देउराली र घंग...
धनकुटामा करेन्ट लागेर विद्युुतका कर्मचारीको मृत्यु

धनकुटामा करेन्ट लागेर विद्युुतका कर्मचारीको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा बुधबार विजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुँनेमा विद्युत प्राधिकरण धनकुटामा कार्यरत धनकुटा–९ मुलघाटका ५६ बर्षीय बलबहादुर भण्डारी छन् । साँगुरीगढी–९ बेदुवाडाँडामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा भण्डारीलाई दिउँसो करिव १ बजे करेन्ट लागेको हो । करेन्ट लागेर गंभीर घाईते भएका उन...
धनकुटाका ६० वटै वडा कार्यालयबाट सुरु भयो कर संकलन

धनकुटाका ६० वटै वडा कार्यालयबाट सुरु भयो कर संकलन

धनकुटा । धनकुटाका सवै वडा कार्यालयबाट कर संकलन थालिएको छ । स्थानीय तह गठन भएको चार वर्षपछि जिल्लाका ६० वटै वडाबाट कर संकलन सुरु भएको हो । अब सर्वसाधारणले एकीकृत सम्पत्ति कर, घरवहाल करलगायत कर आफ्नै वडा कार्यलयबाट तिर्न सक्नेछन् । कर तिर्नका लागि गाँउ वा नगरपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेपछि सर्वसाधारणलाई सहज भएको छ । धनकुटा नगरपालिका अन्र्तगतका १० वटै वडा कार्यालयले असोज १ गतेबाट ...
धनकुटा क्याम्पसमा पूर्व बिद्यार्थीको एल्मुनाई एसोशिएसन गठन गरिदै

धनकुटा क्याम्पसमा पूर्व बिद्यार्थीको एल्मुनाई एसोशिएसन गठन गरिदै

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको एल्मुनाई एसोशिएसन गठन गरिने भएको छ । एसोशिएसन गठनका लागि क्याम्पसले आज बिहान ११ बजे क्याम्पस परिसरमा पूर्व बिद्यार्थीहरुको बृहत भेला बोलाएको छ । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको बृहत भेलाबाट एसोशिएसन गठन गरिने क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । धनकुटासहित तेह्रथुम, भोजपुर, संखुवासभा,...
मेडिकल कलेजहरुद्वारा भर्ना नलिने घोषणा

मेडिकल कलेजहरुद्वारा भर्ना नलिने घोषणा

काठमाण्डौं । सरकारले मेडिकल कलेजहरुलाई अन्याय गरेको भन्दै मेडिकल कलेज सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले आज प्रधानमन्त्रीलाई नौ वुँदे माग पत्र बुझाउँदै माग पुरा नभएसम्म एमवीवीएस र वीडीएसमा भर्ना नलिने अडान राखेका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग पत्र बुझाउँदै माग पुरा गर्न सरकारलाई दवाव दिएको हो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन...
कक्षा ११ को परीक्षाफल प्रकाशित

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं । कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । परीक्षाफल www.neb.gov.np, www.neb.gov.np, www.neb...
समाजसेवी डा.शर्मालाई कांग्रेस नेता सिटौलाको सम्मान

समाजसेवी डा.शर्मालाई कांग्रेस नेता सिटौलाको सम्मान

झापा । स्वास्थ्य र शिक्षा क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई झापामा सम्मान गरिएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले बिर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले डा.शर्मालाई सम्मान गरेका हुन् । कार्यक्रममा नेता सिटौलाले दोसल्ला र माला लगाएर सम्मानपत्र प्रदान ग...
बिओकेका पूर्व सीईओसहित ११ जना पक्राउ

बिओकेका पूर्व सीईओसहित ११ जना पक्राउ

काठमाडौं । बैंक अफ काठमाण्डूका तत्कालीन पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ पर्नेमा श्रेष्ठका अलावा बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र ऋणी सुरेन्द्र श्रेष्ठलगायत रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो...
error: Content is protected !!