संगालोखबर


धनकुटा । धनकुटामा जारी १८ औं संस्करण सहिद भीमनारायण गोल्डकप प्रतियोगिता अन्तरगत आज भएको खेलमा झापा विजयी भएको छ । तल्लो टुँडिखेलमा भएको खेलमा उदयपुरको गाईघाट युनाइटेड फुटबल क्लबलाई १–३ गोल अन्तरले पराजित गर्दै झापाको बिर्तामोड युनाइटेड क्लब विजयी भएको हो ।

पहिलो हापको ३३ औं मिनेटमा बिर्तामोडका प्रदिप बुढाथोकीले गोल गर्दै अग्रता बनाएका थिए । यस्तै दोस्रो हापको ६२ मिनेटमा झापाका क्याप्टेन आशिष चापागाइँले थप १ गोल गर्न सफल भए ।

Advertisement

यस्तै खेलको ७४ औं मिनेटमा गाईघाटका सुनिल खड्काले १ गोल फर्काउन सफल भए । खेलको ७५ औं मिनेटमा पुनः झापाका आशिष चापागाइँले १ गोल गर्दै थप अग्रता बनाए । खेलको प्लेयर अफ द म्याच झापाका टिम क्याप्टेन आशिष चापागाइँ घोषित भए । उनले नगद ६ हजार रुपैयाँ र मेडल प्राप्त गरे ।

आइतबार भएको उद्‌घाटन खेलमा राष्ट्रिय जागृति क्लब, सुनसरीलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिराहा विजयी भएको थियो । प्रतियोगिताको विजेता टिमले ६ लाख र उपविजेता टिमले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै भोलि आयोजना टिम सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटा र जर्जियन फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!