- संगालोखबर सम्वाददाता

चितवन । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रदुरुत्साहन मुद्धा खेपिरहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान सकिएको छ ।

Advertisement

बयानका क्रममा उनले पुडासैनीलाई आत्महत्या गर्ने सम्मको दुखः आफुले नदिएको र दिनुपर्ने कारण पनि नरहेको दावी गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले चितवन अदालतमा पेस गरेको लामिछानेको बयानमा सो कुरा उल्लेख छ ।

यस्तो छ बयान…

‘निजले मर्नुअघि बनाएका दुईवटा भिडियोहरु हेर्दा निजले आफुलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन् । सो कुरा निजले के कति कारणले भने मलाइ थाहा छैैन ।

तर , निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसंँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबैकुरा थाहा पाई निजबाट टाढिन खोज्दा निजले अस्मितालाई अनेक दुख दिने, बाटो छेक्ने, मारीदिन्छु भनी डरत्रास देखाउने कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने कार्यक्रम सिधा कुरा जनतासंँगमा गएर रवि लामिछाने समेतलाई तिम्रो बारेमा भनी सार्वजनिक गरिदिने भनेका कारणले सोही कुरालाई निजले साँचो ठानी म समेत संँग चित्त दुखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ ।’

‘मैले निजको बिरुद्ध कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुन सक्छ, मृतकले मलाई अत्यधिक सम्मान गर्ने हुँदा मैले सम्मान गरेको ब्यक्तिले उनका बिरुद्ध कार्यक्रम बनाउने भ्रामक कुराले निजको मन दुखेको हुन सक्छ र म माथि आरोप लगाएको हुन सक्छ । तर, मैले निजलाई आत्महत्या गर्नेसम्मको दुख दिएको छैनन् र दिनुपर्ने कुनै कारण पनि छैन मृतकको प्रेमिका भनेकी अस्मिता भन्ने रुकु कार्की संँग देखभेट भएको थिएन, प्रहरीद्धारा पक्राउ परे पश्चात मात्र मैले देखे चिनेको हुँ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!