संगालोखबर


धनकुटा । धनकुटामा जारी १८ औं संस्करणका सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज बेलबारी फुटबल क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् । आज दिउँसो तल्लो टुँडिखेलमा हुने खेलमा दुवै टोली जितको खोजीमा मैदान उत्रने छन् ।

मंगलबारको खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई १-२ गोलअन्तरले पराजित गर्दै आयोजक विजयी भएको छ ।

Advertisement

पहिलो हाफको २७ औं मिनेटमा जर्जियन फुटबल क्लबका गुन्जमान थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा आयोजना टिमका प्रविश मगरले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

५८ औं मिनेटमा विपिन जगेबुले १ गोल  थप्दै टिमलाई जित दिलाउन सफल भए । खेलको प्लेयर अफ द म्याच आयोजक टिमका विशाल भण्डारी घोषित भए । उनले ६ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरे ।

जेठ १६ गतेसम्म प्रतियोगिताको विजेता टिमले ६ लाख र उपविजेता टिमले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले ६ हजार र प्रतियोगिताको सर्वोत्कृष्ट तथा विभिन्न विधागततर्फका उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!