नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

काठमाडौँ, १४ फागुन । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ । प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । आयोजक थाइल्याण्ड भने पाँचव...
भारतीय टेलिभिजनमा नेपाली प्रितमको धमाका

भारतीय टेलिभिजनमा नेपाली प्रितमको धमाका

काठमाडौं  । भारतीय रियालटी शोमा नेपालीले तहल्का मच्चाउने क्रम बढ्दो छ । यस्तैमा इटहरीका ७ कक्षामा अध्यायनरत बालक प्रितम आर्चायले पनि तहल्का मच्चाएका छन् । प्रितमले भारतीय टेलिभिजन ‘जी टिभी’को चर्चित बालगायन रियालिटी शो आफ्नो दमदार प्रस्तुति दिएका हुन् । ‘सारेगामापा लिटिल च्याम्प’ प्रितमले दिएको प्रस्तुतिको यतिबेला चारैतिर चर्चा हुन थालेको छ । कार्यक्रमको शनिबार एपिसोडमा प्रितम आर्चायले ‘हम किस...
रोमन रेन्स पुन : रिङ्गमा फर्किए

रोमन रेन्स पुन : रिङ्गमा फर्किए

काठमाडौं । डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्स पुनः रिङ्गमा फर्किएका छन् । ल्युकिमियाको इलाजपछि चर्चित रेस्लर रोमन ‘मोण्डे नाइट र’ बाट पुनः डब्लुडब्लुईको रिङ्गमा फर्किएका हुन् । उनले २२ अक्टोवर २०१८ मा ल्युकिमियाको इलाजको लागि डब्लुडब्लुईको रिङ्ग छोडेका थिए । उनले ल्युकिमियाको उपचारकै लागि डब्लुडब्लुईको रिङ केही समयको लागि छाडेका बताएका थिए । रोमन रेन्सको उक्त फैसलाले वल्र्ड रेसलिङ इन्टरटेन्...
सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हज...
भारतले पाकिस्तानमा छिरेर गर्यो हमला

भारतले पाकिस्तानमा छिरेर गर्यो हमला

भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको छ । १२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ । भारतीय वायुसे...
भारतबाट अवैध रूपमा ल्याइएको चालीस हजार अण्डा नष्ट

भारतबाट अवैध रूपमा ल्याइएको चालीस हजार अण्डा नष्ट

भरतपुर, १४ फागुन । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्य...
पहिरो खस्दा एक जनाको मृत्यु

पहिरो खस्दा एक जनाको मृत्यु

दार्चुला, १४ फागुन । दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका ...
सङ्घीय सरकारको मुख ताक्दै न्यायिक समिति

सङ्घीय सरकारको मुख ताक्दै न्यायिक समिति

फिदिम, १४ फागुन । संविधान र स्थानीय तह सञ्चालन ऐनले सञ्चालनको स्पष्ट कार्यादेश दिए पनि यहाँका न्यायिक समिति अझै सङ्घीय सरकारको मुख ताकिरहेका छन् । सङ्घीय सरकारको मुख ताकेर बसेकै कारण यहाँका स्थानीय तहमा गठित न्यायिक समितिले न्याय निरुपणमा उल्लेख्य प्रगति गर्न सकिरहेका छैनन् । जनप्रतिनिधि निर्वाचित भएको १८ महीना पूरा भए पनि समितिले आफ्ना लागि अत्यावश्यक कार्यविधि निर्माण र मेलमिलाप केन्द्र स्थाप...
गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार

गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार

काठमाडौँ, १४ फागुन । गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको हिजो एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । मन्त्रालयका अनुसार नागरिकको जीउ, धन र स्वतन्त्...
घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ, १३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै घुस लिएको आरोप लागेका नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर महेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीबाट हाल प्रयोग गरिरहेको विद्युत्को क्षमता वृद्धि गरिदिने भन्दै सुपरभाइजर श्रेष्ठले रु १५ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । आयोगले आरोपी श्रेष्ठलाई बिगो अ...
विराटनगर महानगरपालिकामा स्व पोखरेलको सम्मानमा सार्वजनिक बिदा

विराटनगर महानगरपालिकामा स्व पोखरेलको सम्मानमा सार्वजनिक बिदा

विराटनगर, १३ फागुन । विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरको आज बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिका कार्यालय, निजी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । भाषाशास्त्री पोखरेलले गरेको अमूल्य योगदानको सम्मान ग...
भोजपुरमा विद्यालयलाई कम्प्युटरसहितका सामग्री वितरण

भोजपुरमा विद्यालयलाई कम्प्युटरसहितका सामग्री वितरण

भोजपुर, १३ फागुन । पौवादुङमा गाउँपालिकाकाले २८ विद्यालयलाई कम्प्युटर, इन्भटरसहित सोलार सेट र ई–हजारी वितरण गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरी विद्यार्थीलाई प्राविधिक ज्ञान दिलाउने उद्धेश्यले उक्त सामग्री वितरण गरेको हो । गाउँपालिकाले ११ विद्युत सेवा विस्तार नभएका विद्यालयलाई इन्भटर सहित एक सय वाटका सोलार, एक/एक थान कम्प्युटर र ई–हाजिरी वितरण गरेको छ । ...
नेपालद्वारा चीन पराजित

नेपालद्वारा चीन पराजित

काठमाडौँ, १३ फागुन । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६...
नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी

नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी

वीरगञ्ज, १३ फागुन । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३९ दशमलव २ किलोमिटर भू–भाग मध्ये ३०.२ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । पर्सा राष्ट्रिय निकुञ्जको पथलैयादेखि अमलेखगञ्जस...
ब्राम्हण समुदायका युवाको पाकिस्तानी मुस्लिम युवतीसँग विवाह

ब्राम्हण समुदायका युवाको पाकिस्तानी मुस्लिम युवतीसँग विवाह

बलेवा, १३ फागुन । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गर्नुभएको छ । बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गर्नुभएको थियो । पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँँग सम्पर्क...
पर्यटकको आकर्षण बन्दै मानहुँकोट

पर्यटकको आकर्षण बन्दै मानहुँकोट

दमौली, १३ फागुन । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ को रुपमा परिचित थियो । दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो । सदरमुकामबाट नजीकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दैछ । अहिले मानहुँकोट पुग...
चरेशसहित भारतीय नागरिक पक्राउ

चरेशसहित भारतीय नागरिक पक्राउ

वीरगंज, १३ फागुन । प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरिक्षक नकुलराज गौतमले बताउनुभयो । चरेश सहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक ...
मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

अछाम, १३ फागुन । मेल्लेख गाउँपालिकामा गाडी सहित स्थानिय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ । बरदादेबी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा नं ७ नन्देगडामा बरामद गरिएको थियो । करिब रु दुई लाख ५० हजार मुल्य बराबरको मदिरा अवैध रुपमा लग्दै गरिएको थियो । मदिरा नियन्त्रणमा सक्रिय नन्देगडाको श्रृजनशिल महिला सञ्...
कृषक यान्त्रिकीकरणतर्फ

कृषक यान्त्रिकीकरणतर्फ

तम्घास, १३ फागुन । गुल्मीमा मकै ‘जोन’ कार्यक्रम लागू भएसँगै यहाँका कृषक यान्त्रिकीकरणतर्फ आकर्षित हुँदै गएका छन् । सो कार्यक्रम अन्र्तगत मकैबालीमा यान्त्रिककरण प्रवद्र्धनका लागि हालसम्म ४७ वटा कृषक समूह र सहकारी संस्थामा ५० प्रतिशत अनुदानमा १९५थान यान्त्रिक सामग्री वितरण गरिएको हो । परियोजनाद्वारा कृषकलाई उपलब्ध गराइएका सामग्रीमा पावर ट्रिलर दुई थान, मिनी ट्रिलर ६२ थान, कर्न सेलर ३७, ज्यावप्लाण...
प्रवासीद्वारा रु ४० लाख सहयोग

प्रवासीद्वारा रु ४० लाख सहयोग

म्याग्दी, १३ फागुन । जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन् । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना गरेको कार्यक्रममा सो सहयोग जुटेको हो । मोना हङकङको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ११ जनाले रु द...
खेतबाटै आलु बिक्री गर्दै महिला

खेतबाटै आलु बिक्री गर्दै महिला

बेझाड, १३ फागुन । रामपुर नगरपालिका–६ का महिलालाई यतिबेला खेतबाटै आलु बिक्री गर्न भ्याइनभ्याइ छ । समूहमा लगाएको आलुको उत्पादन राम्रो भएपछि आलु खन्ने र खेतबाटै बिक्री गर्ने काममा दिनभर यहाँका महिला व्यस्त छन् । नदी किनार आयआर्जन महिला कृषक समूहले यसवर्ष सात रोपनी क्षेत्रफलमा तीन क्वीन्टल आलु लगाएको छ । अहिले आलु खन्ने र बिक्री गर्ने कार्यमा महिला व्यस्त रहेको समूहका अध्यक्ष भगवती देवकोटाले बताउनु...
भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द

दोङदाङ, भियतनाम, १३ फागुन ।  उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै हुनुहुन्छ । उहाँको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ । किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घे...
प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

सुर्खेत, १३ फागुन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबेँसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ जना र इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईको नेतृत्वमा खटिएको ६ ...
विकास निर्माणमा ठेकेदारको बेवास्ता

विकास निर्माणमा ठेकेदारको बेवास्ता

भीमदत्तनगर, १३ फागुन । सम्झौता गर्दा २०७३ असोजमै सक्नुपर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित धारापानी सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको भए पनि पानीको मुहान (इन्टेक)तर्फको निर्माणको जिम्मा पाएको ‘आशिष कन्ट्रक्सन धनगढी’ले दुई पटक समयावधि थप गर्दा पनि काममा ढिलासुस्ती गरेको पाइएको छ । पछिल्लो समय निर्माण पक्ष सम्र्पकमा नआए पनि सिँचाइको पाइप ...
प्रियंका र आयुशमान अभियन्तामा नियुक्त

प्रियंका र आयुशमान अभियन्तामा नियुक्त

काठमाडौँ, १३ फागुन । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियन्ता नियुक्त गरेको जनाइएको छ । देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियन्ताद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो । केही साताअघ...
होमवर्क गर्न अल्छी लागेपछि रोबोटको सहारा

होमवर्क गर्न अल्छी लागेपछि रोबोटको सहारा

हङकङ, १३ फागुन । संसारमा कमै बालबालिका हुन्छन् जसले रमाइलो मान्दै गृहकार्य गर्छन् । चीनमा एक बालिकाले गृहकार्य गर्ने नयाँ तरिका अपनाएकी छिन् । उनले एक रोबोटलाई आफ्नो होमवर्क गराउन थालेकी हुन् । चिनका सामाजिक सञ्जालहरुमा ती किशोरीको खुलेर प्रशंसा भइरहेको छ । साथै, उनको जस्तै होमवर्क गर्ने रोबोटको माग ह्वात्तै बढेको छ । कियानजियांग ईवनिंग न्यूजका अनुसार ती किशोरीलाई गृहकार्य गर्न मुस्किल भइरहेको...
विश्वकप छनोट : नेपाल–चीन भिड्दै

विश्वकप छनोट : नेपाल–चीन भिड्दै

काठमाडौँ, १३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ...
उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १३ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा ...
युभेन्टस विजयी

युभेन्टस विजयी

एजेन्सी । इटालियन सिरिए लिगको शीर्ष टोली युभेन्टसले लिगमा अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई १–० गोलले हरायो । बोलोग्नाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका लागि पाउलो डिबालाले ६७औं मिनेटमा गोल गरेका थिए । बोलोग्नाले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाएपनि सफल भएन । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले पनि गोल गर्न...
उपत्यकामा हर्न कारवाही : एकैदिन १७१ सवारीसाधन कारवाहीमा

उपत्यकामा हर्न कारवाही : एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौँ, १३ फागुन । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात ह...
पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

पार्किङ गर्दा गाडीले किचेर दुई महिलाको मृत्यु,एक घाइते

धादिङ, १३ फागुन । आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनुभएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुन...
error: Content is protected !!