मोरङको सुन्दरहरैंचामा ट्रक र एम्बुलेन्स जुध्यो, एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु, ६ घाईते
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा गएराती ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।
राती करिव १ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे.१ च.२००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना.५ ख.१९२५ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी एम्बुलेन्स चालक ईलाम नगरपालिका–२ का २१ बर्षीय ...
































