काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन आज उद्घाटन गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकैसाथ स्विच थिचेर मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको संयुक्त उद्घाटन गरेका हुन् ।

Advertisement

उद्घाटनका लागि दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्स गरेका छन् । पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् ।

नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको छ ।

पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब ढुवानी लागत, बाटोको कठिनाइ, जोखिमता लगायत विविध समस्या हल हुने र यसले पेट्रोलियम पदार्थको बजार मूल्यसमेत फरक पार्ने नेपाल आयल निगमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!