संगालोखबर सम्वाददाता

बुटवल । रुपन्देहीमा लुटेरा समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ । प्रहरीका अनुसार गोली लागेर ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीको मृत्यु भएको हो ।

Advertisement

बैंकबाट रकम लिएर फर्किँदै गरेका कुर्मीलाई रोहणी गाउँपालिका–३ मा लुटेरा समुहले गोली प्रहार गरी हत्या गरेको हो । लुटेराले उनको साथबाट ५ लाख नगदसमेत लुटेर लगेका छन् ।

बैंकबाट पैसा निकालेर घर फर्कदै गर्दा पछ्याउँदै आएको समुहले गोली प्रहार गरी लुटपाट गरेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए ।

घटनापछि सुरक्षा तैनाथी बढाए प्रहरीले लुटेर समुहको खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!