संगालोखबर


काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशका निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएको आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य बीमा सेवाहरू स्थगित गर्ने भएको छ ।

जेठ १६ गतेदेखि आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य बीमा सेवाहरू पूर्ण रूपमा स्थगित गर्ने बोर्डले निर्णय गरेको हो । दिनानुदिन बढ्दै गएको चरम वित्तीय संकटलाई व्यवस्थापन गर्न तत्कालका लागि यस्तो कदम चाल्नुपरेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डको जेठ ११ गते बसेको बैठकले अर्को व्यवस्था वा निर्णय नभएसम्मका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट दिइने सामान्य उपचारका सेवाहरू रोक्ने निर्णय गरेको हो ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार यो निर्णय जेठ १६ गतेदेखि देशभरका तोकिएका निजी स्वास्थ्य संस्थाहरूमा लागू हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!