१७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९९ पुग्यो
काठमाडौं । बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पर्साका १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पर्साका १० पुरुष र ७ महिलामा संक्रमण देखिएको जानकारी दिए । संक्रमित हुनेमा २ महिने शिशुसमेत छन् । योसँगै नेपालमा संक्रमि...




























