बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले कोरोना प्रभावितलाई सहयोगार्थ बिराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण गरेको छ । एकद्वार प्रणालीमार्फत वितरणका लागि कर्मचारी समाजले महानगरलाई नगद, चामल, दाल, तेल लगायत दैनिक उपभोग्य सामाग्री हस्तान्तरण गरेको हो ।
कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालसहितका पदाधिकारीले महानगर प्रमुख भीम पराजुलीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।
दैनिक ज्यालादारी मजदुर लगायत कोरोना प्रभावितहरु भोकै बस्न नपरोस भनेर एकद्वार प्राणालीमार्फत वितरणका लागि महानगरलाई राहत हस्तान्तरण गरिएको कर्मचारी समाजका केन्द्रिय अध्यक्ष नेपालले जानकारी दिए ।
सो क्रममा बोल्दै महानगर प्रमुख पराजुलीले राहतलाई सहज र पारदर्शी बनाउँन एकद्वार प्रणाली लागु गरी अति बिपन्नलाई प्राथमिकतामा राखेर राहत वितरण गरिदै आएको बताएका छन् ।