संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिन बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राती करिव साँढे १० बजेबाट आगलागी सुरु भएको हो ।

Advertisement

यो समाचार तयार पर्दा (राती १२ः३०बजे) सम्म सात वटा घर जलेर नष्ट भईसकेका छन् । आगो अझै नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दमकलको सहायतामा प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो धेरै फैलिएकाले नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउँन वाँकी छ ।

Update News…

फुङलिङ बजारमा आगलागी हुँदा सात घर र पाँच घुम्ती जलेर नष्ट, ६ घण्टा पछि आगो नियन्त्रण

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!