इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–१६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे घर छेउको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा चौधरीको मृत्यु भएको हो । माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
सप्तरीका युवकमा पनि भेटियो कोरोना संक्रमण

सप्तरीका युवकमा पनि भेटियो कोरोना संक्रमण

बिराटनगर । सप्तरीका एक युवकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ बर्षीय युवकमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । सोमबार बिहान मात्रै कपिलबस्तुका १० जनामा संक्रमण पुष्...
संखुवासभाकी महिलामा देखियो आरडीटी पोजिटिभ

संखुवासभाकी महिलामा देखियो आरडीटी पोजिटिभ

संखुवासभा । संखुवासभाकी एक महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीकी ३० बर्षीय महिलाको आरडीटी गर्दा एन्टिबडी पोजिटिभ देखिएको हो । आरडीटीमा पोजिटिभ रिपोर्ट आएपछि ती महिलाको स्वाब संकलन गरी परीक्षणका लागि बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशाला पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आरडीटी पोजिटिभ देखिएपनि स्वाब परीक्षण रिपोर्टपछि मात्र उनमा कोरोना संक्रमण भए/...
धामीको भर पर्दा सुत्केरीको मृत्यु

धामीको भर पर्दा सुत्केरीको मृत्यु

अछाम । अछामबाट हेलिकप्टरमार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएकी सुत्केरी देउमा साँउदको मृत्यु भएको छ । सुत्केरी भएको २५ दिनपछि अत्याधिक रक्तश्राव भएपछि उनलाई शनिबार उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो । नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साँउदले जानकारी दिए। उनले भने, 'अप्रेशन गर्ने तयारीमा थियौ।, अप्रेशन गर्ने कोठामा लग्दै गर्दा ...
संखुवासभामा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

संखुवासभामा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु, मृतकको संख्या दुई पुग्यो

संखुवासभा । जंगली च्याउ खाँदा बिरामी भएकी संखुवासभाकी एक महिलाको आईतबार मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खाएर बिरामी भएपछि उपचारका लागि बिराटनगर लगिएकी सभापोखरी–२ गोठगाउँकी २४ वर्षीय अनिता राईको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै संखुवासभामा जंगली च्याउ खादा मृत्यु हुनेको संख्या दुई पुगेको छ । केहि दिन अघि पनि जंगली च्याउ खाँदा बिरामी परेकी महिलाको उपचारका क्रममा मृत्यु भएको थियो ।  दु...
भोजपुर र झापाका संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

भोजपुर र झापाका संक्रमित कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

बिराटनगर । बिराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत भोजपुर र झापाका दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट आईतबार डिस्चार्ज भएका छन् । भोजपुरको हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापाको बाह्रदशीका ४० बर्षीय महाजिर अलाम कोरोना मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । फागुन अन्तिम साता साउदीबाट आएका भोजपुरका राईमा वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै झाप...
महालक्ष्मीमा फौजीकीराको संक्रमणबाट सयौं रोपनी मकैबाली सखाप, बिषादी बाँढ्दै नगरपालिका

महालक्ष्मीमा फौजीकीराको संक्रमणबाट सयौं रोपनी मकैबाली सखाप, बिषादी बाँढ्दै नगरपालिका

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रको सयौं रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा अमेरिकन फौजीकीराको संक्रमण देखिएको छ । महालक्ष्मी नगरका बिभिन्न वडाका किसानहरुले लगाएको ५ सय रोपनी भन्दा बढी क्षेत्रफलको मकैबालीमा फौजीकीराको संक्रमण देखिएको हो । महालक्ष्मी वडा नं.४ को सिकरकटेरी, वडा नं.५ को बगर, मेलाङ्चुङ, वडा नं.६ को काफ्ले, आरबोटे लगायत क्षेत्रमा संक्रमण बढी फैलिएको छ । यता, महालक्ष्मी...
झापाका बृद्धा र सोलुखुम्बुका युवाको शव खोलामा भेटियो

झापाका बृद्धा र सोलुखुम्बुका युवाको शव खोलामा भेटियो

बिराटनगर । झापा र सोलुखुम्बुमा दुई जना मृत फेला परेका छन् । झापाको गौरीगञ्ज गाउँपालिका स्थित पाराखोपीका ७३ बर्षीया बेटिया किस्कु र सोलुखुम्बुको सोताङ गाउँपालिका–३ खहरेका १८ बर्षीय दत्तसिंह राई मृत भेटिएका हुन् । उनीहरु दुबै जनाको शव शनिवार खोलामा भेटिएको हो । झापाका बृद्धाको शव स्थानीय कमलखोलामा भेटिएको हो भने सोलुखुम्बुका राईको शव पनि स्थानीय हुगा खोलामा फेला परेको प्रहरीले जनाएको छ । गत बुधब...
बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ का ३० बर्षीय दीलिप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय दुधे खोलामा करेन्ट लगाएर माछा मार्न गएका चौधरी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प...
सुनसरीबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ नहरचोकबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले लागुऔषध बिक्रि गर्ने एक जना र खरिद गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध बिक्रि गर्ने भोक्राहा नरसिंह गाउँपलिका–३ का राजकुमार मण्डल, लागुऔषध किन्न आएका धरान उप–महानरपालिका–८ का २७ बर्षीय अजय श्रेष्ठ र ...
उदयपुरका थप एक जनामा भेटियो कोरोनाको संक्रमण

उदयपुरका थप एक जनामा भेटियो कोरोनाको संक्रमण

बिराटनगर । उदयपुरका थप एक जनामा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पताल बिराटनगरमा गरिएको स्वाब परीक्षणका क्रममा उदयपुरको भुल्केकी ४३ बर्षीया महिलामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ बजे संक्रमितको बिवरण अध्यावधिक गर्दै संक्रमणको पुष्टि गरेको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये ३१ जना निको भएर घर फर्किएका छन् ।
धनकुटामा डढेलो

धनकुटामा डढेलो

धनकुटा । धनकुटा नगरपालिका–५ बालमन्दिर स्थित बोधारे सामुदायिक वनमा शनिवार डढेलो लागेको छ । अपरान्ह करिव ४ बजे सुरु भएको डढेलो एक घण्टा पछि नियन्त्रणमा आएको छ । बनमा डढेलो फैलदा जलाधार आसपासका दर्जनौं घरहरु जोखिममा थिए । तर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको प्रयासमा करिव ५ बजे आगो नियन्त्रण भएको हो ।
धनकुटामा जिल्ला बाहिरबाट आएका मजदुरको कोरोना परीक्षण

धनकुटामा जिल्ला बाहिरबाट आएका मजदुरको कोरोना परीक्षण

धनकुटा । धनकुटामा जिल्ला बाहिरबाट आएका मजदुरहरुको शनिवार कोरोना परीक्षण गरिएको छ । धनकुटा–हिले सडक खण्डमा काम गर्दै आएका १७ जना मजदुरको र्यापिड डाइग्नोष्ट्रिक टेष्ट (आरडीटी) गरिएको होे । परीक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । सडक मर्मतको काम गर्न उदयपुर, सप्तरी लगायत जिल्लाबाट आएका मजदुरहरुलाई परीक्षण गरिएको हो । मजदुरहरु बिभिन्न जि...
दलितमाथि हिंसा बढेको भन्दै प्रदेश १ का दलित अगुवाले जनाए आपत्ति

दलितमाथि हिंसा बढेको भन्दै प्रदेश १ का दलित अगुवाले जनाए आपत्ति

बिराटनगर । दलितहरुमाथि हिंसा बढेको भन्दै प्रदेश १ का दलित अगुवाहरुले आपत्ति जनाएका छन् । मोरङको मिक्लाजुङमा दलित बालिका बलात्कृत र पोखरामा जातिय बिभेद भएको भन्दै बिभिन्न संघ–संस्था सम्बद्ध ५१ जना दलित अगुवाहरुले सामुहिक प्रेस बिज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । उनीहरुले बलात्कार र जातीय बिभेदको घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाउँन मागसमेत गरेका छन् । बैशाख १९ गते मोरङको मिक्...
झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा । झापाको कमल गाँउपालिका–५ पाडाजुंगी स्थित राजमार्गमा गएराती ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । पुर्वतर्फ जाँदै गरेको ना.६ ख.५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा.६८ प.९७७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ईलाम चुलाचुली–४ का ३१ बर्षीय रणबहादुर लिम्बुको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ का २७ बर्षीय कबिन्द्र तामाङलाई नियन्त्रणमा लिइए...
नेपाली भूमीमा भारतीय सडक

नेपाली भूमीमा भारतीय सडक

दार्चुला । भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् । गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम स...
उदयपुर, कपिलबस्तु र पर्सामा सात कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ९ पुग्यो

उदयपुर, कपिलबस्तु र पर्सामा सात कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ सय ९ पुग्यो

काठमाडौ । शनिवार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा परीक्षण गर्दा उदयपुरका तीन महिला, कपिलबस्तुका तीन पुरुष र पर्साका एक पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरका १८, ४५ र ६५ बर्षीया महिला, कपिलबस्तुका १८, १७ र १८ बर्षीय पुरुष र पर्साका ६२ बर्षीय बृद्धमा कोरोना संक्रमण ...
थप एक जनामा कोरोना संक्रमण पुष्टि

थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ बर्षीय युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । हालसम्म ७४ जना पुरुष र २८ जना महिलामा कोरोन...
भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

खोटाङ । खोटाङमा आज दिउँसो भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ–१० का २५ बर्षीय नबिन राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । आज दिउँसो करिव एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
संखुवासभामा श्रीमानले जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतिको मृत्यु

संखुवासभामा श्रीमानले जंगलबाट ल्याएको च्याउ खाँदा श्रीमतिको मृत्यु

खाँदबारी । श्रीमानले जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी संखुवासभाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जंगली च्याउ खाएपछि बिरामी भएर बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल पुर्याईएकी सभापोखरी गाउँपालिका–२ गोठगाउँकी २४ बर्षीया मनिला राईको गएराती मृत्यु भएको हो । गत शनिवार मनिलाका श्रीमान सन्देश राईले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सन्देशसहित श्रीमति र छोरी पनि बिरामी परेका थिए । त्यस...
थप आठ जना कोरोना संक्रमित डिस्चार्ज

थप आठ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर । बिराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप आठ जना कोरोना मुक्त भएर शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएपछि उपचार गराउँदै आएकामध्ये सात नेपाली र एक भारतीय नागरिक कोरोना मुक्त भएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो । उदयपुरका पाँच जना, बिराटनगरका दुई जना र भारतका एक जना डिस्चार्ज भएका हुन् । उदयपुरको भुल्केमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पु...
खोटाङमा ढुंगाले हानेर भिनाजुको हत्या, सालो पक्राउ

खोटाङमा ढुंगाले हानेर भिनाजुको हत्या, सालो पक्राउ

खोटाङ । खोटाङका एक युवाले ढुंगाले हानेर आफ्नै भिनाजुको हत्या गरेका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुंगाले हानेर हत्या गरेका हुन् । बिहिबार साँझ करिव ७ बजे मिलनले प्रहार गरेको ढुंगाले टाउकोमा लाग्दा प्रतिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार आफ्नो घरतर्फ जाँदै गरेको अबस्थामा बाटै...
तेह्रथुममा छोराद्वारा बुबा र सौतेनी आमाको बिभत्स हत्या

तेह्रथुममा छोराद्वारा बुबा र सौतेनी आमाको बिभत्स हत्या

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–५ मा हिजो साँझ एक युवाले आफ्नै बाबु र सौतेनी आमाको बिभत्स हत्या गरेका छन् । इसिबु स्थित सिङ्गला टोलका २० बर्षीय कञ्चन लिम्बुले ४२ बर्षीय बुबा रुपबहादुर र सौतेनी आमा ३५ बर्षीय ईसाको हत्या गरेको प्रहरीले जनाएको छ । साँझ करिव ६ बजे कञ्चनले बन्चरो प्रहार गरेर बाबु–आमाकै हत्या गरेका हुन् । बन्चरो प्रहारबाट बुबाको टाउको र ढाडमा चोट देखिएको घटनास्थल पुगेका वडाध्य...
धनकुटामा पनि दीप प्रज्वलन

धनकुटामा पनि दीप प्रज्वलन

धनकुटा । कोरोना भाईरसको महामारी रोकथाम र उपचारमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा आज साँझ धनकुटामा पनि दीप प्रज्वलन गरिएको छ । कोरोना रोकथाममा खटिनेहरुको सम्मान स्वरुप सरकारले बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्वलनका लागि देशबासीलाई आवहान गरेको थियो । सरकारको आग्रह बमोजिम धनकुटाबासीले पनि घर–घरमा दीप प्रज्वलन गरे । त्यस्तै जिल्ला सदरमुकामसहित बिभिन्न बजारका चौक–चौकमा...
प्रहरीले कुदाएको मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

प्रहरीले कुदाएको मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । नेपाल प्रहरीका जवानले कुदाएको मोटरसाईकलको ठक्करबाट बिहिबार मोरङको कानेपोखरीमा एक महिलाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय दंगा नियन्त्रण प्रहरी गढ दुहवीमा कार्यरत प्रहरी जवान खेम कार्कीले कुदाएको को.२५ प.३८८९ नम्बरको मोटरसाईकलको ठक्करबाट बेलबारी–८ की शान्ता राजवंशीको मृत्यु भएको हो । कानेपोखरी–७ स्थित बिहिबारे मोडमा दिउँसो करिव ३ बजे साईकल कुदाउँदै गरेका बेला राजवंशीलाई मोटरसाईकलले ठक...
थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय १ पुग्यो

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय १ पुग्यो

काठमाडौं । बिहिबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलबस्तुका दुई जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलबस्तु–८ का १६ र २२ बर्षीय युवामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । ज...
बिराटनगरमा उपचाररत थप ८ जना संक्रमित कोरोनामुक्त, डिस्चार्ज गरिँदै

बिराटनगरमा उपचाररत थप ८ जना संक्रमित कोरोनामुक्त, डिस्चार्ज गरिँदै

बिराटनगर । विराटनगरस्थित कोरोना बिशेष अस्पतालमा उपचाररत थप ८ जना संक्रमित कोरोना मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । लगातार तीन पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ । डिस्चार्ज हुँन लागेका ८ जना नै उदयपुरको भुल्केमा संक्रमण पुष्टि भएका हुन् । यसअघि पनि भुल्केबाटै ल्याइएका ६ जना भारतीय कोरोना अस्पताल...
इनारमा डुबेर बृद्धाको मृत्यु

इनारमा डुबेर बृद्धाको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङमा इनारमा डुबेर आज एक बृद्धाको मृत्यु भएको छ । दिउँसो करिव १ बजे इनारमा डुब्दा मिक्लाजुङ गाउँपालिका–७ बेलगौडेकी ६० बर्षीया सानुमाया लम्सालको मृत्यु भएको हो । आफ्नै घर अगाडिको इनारमा डुबेर लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । उनी इनारमा मृत भेटिएको खबर पाएपछि उर्लाबारीबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलवार...
बेलबारीमा युवकको शव शंकास्पद अवस्थामा फेला, ११ जना पक्राउ

बेलबारीमा युवकको शव शंकास्पद अवस्थामा फेला, ११ जना पक्राउ

मोरङ । मोरङको बेलबारी नगरपालिका–७ स्थित नहरको डिलमा बिहिबार एक युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ । कानेपोखरी गाँउपालिका–१ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्याक्टरमा काम गर्दै आएका गिरी बुधबार दिउँसोबाटै परिवारसँग सम्पर्कबिहिन थिए । राती घर नआएका गिरीको बिहान नहरको डिलमा शव फेला परेको हो । मर्निङवाकका क्रममा स्थानीयले शव दे...
धनकुटा अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु

धनकुटा अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा अप्रेशन गराउँदा सुत्केरीको मृत्यु भएको छ । पहिलो सन्तान जन्माउँन जिल्ला अस्पताल आएकी छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी १६ बर्षीया ज्योती लिम्बुको अप्रेशनपछि मृत्यु भएको हो । घटना गत सोमबारको हो । मृतकका काका ससुरा बमबहादुर लिम्बुका अनुसार ज्योतीलाई सुरक्षित प्रसुतिका लागि आईतबार नै जिल्ला अस्पताल ल्याइएको थियो । सोमबार दिउँसो करिव १ बजे जिल्ला अस्पतालका चिकि...
चौबिसे गाउँपालिकाद्वारा पहिलो चरणको राहत वितरण

चौबिसे गाउँपालिकाद्वारा पहिलो चरणको राहत वितरण

धनकुटा । चौबिसे गाउँपालिकाले लकडाउन प्रभावितहरुलाई पहिलो चरणको राहत वितरण गरेको छ । दैनिक ज्यालादारी काम गर्दै आएका गरिब, विपन्न, असहाय परिवारलाई राहत वितरण गरिएको चौबिसे गाउँपालिकाले जनाएको छ । ८ वटै वडाका एक हजार १ सय १६ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । ‘लकडाउन सुरु हुने बित्तिकै खाद्यान्न अभाव हुँदैन, हाम्रो गाउँपालिकामा ग्रामिण क्षेत्...
error: Content is protected !!