
विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका–६ पानबारीबाट प्रहरीले एक सय ८० किलो चाँदी बरामद गरेको छ । आज बिहान ४ः३० बजे इलाका प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।
बेवारिसे अवस्थामा राखिएको बा १३ च ३६८४ नम्बरको कारमा चेकजाँच गर्दा कारबाट गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
नियन्त्रणमा लिएको कार र गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

संगालोखबर 















