धनकुटा । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार धनकुटाको हिले र सिधुवाका मजदुरलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री वितरण गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री प्रदान गरेको हो ।
धनकुटाको सिधुवा स्थित निगाले सिमेन्ट उद्योग र हिले स्थित गुरासे टि स्टेटमा कार्यरत मजदुरहरुलाई माक्स, हेण्डवास, पञ्जा र सेनिटाईजर प्रदान गरिएको हो । उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गसहितका पदाधिकारीहरुले श्रमिकहरुलाई सामाग्री हस्तान्तरण गरेका छन् ।
सो अवसरमा उद्योग बाणिज्य संघ र वितरण संघ हिलेको टोलीले निगाले सिमेन्ट उद्योगको अवलोकन गरी उद्योगका समस्या र अवस्थाको वारेमा जानकारी लिएको थियो ।