
ताप्लेजुङ । दश दिन अघि तमोर नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । बैशाख १० गते तमोर नदीमा माछा मार्न गएका आठराई त्रिवेणी गाउँपालिका–२ का १७ बर्षीय मनोज काम्बाङको शव भेटिएको हो ।
उनी बेपत्ता भएपछि आफन्त र प्रहरीले खोजी जारी राखेका थिए । खोजतलासकै क्रममा शनिवार बेलुका साँढे ६ बजे तेह्रथुमको आठराई गाउँपालिका–२ स्थित ईवा र आठराई गाउँपालिका–३ ह्याकुको सिमानामा पर्ने हिउदिया दोभानमा उनको शव फेला परेको हो ।
प्रहरी र स्थानीयवासीले खोजि गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।















