गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले मजदुरहरुलाई राहतका लागि दैनिक रोजगारीको व्यवस्था मिलाएको छ । लकडाउन प्रभावित मजदुरहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सामाजिक दुरी कायम गर्दै काममा परिचालन गरिएको हो ।

Advertisement

लकडाउनका कारण आर्थिक संकट बेहोर्दै आएका मजदुरहरुलाई रोजगारी उपलब्ध गराएर सहज वातावरण निर्माण गर्न विकास निर्माणको काममा परिचालन गरिएको नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘मजदुरहरुलाई राहत सामाग्री भन्दा पनि रोजगारीको व्यवस्था मिलाइदिदा सरकार र मजदुर दुबैलाई फाईदा मिल्ने भएकाले दैनिक ज्यालादारी हिसावले काममा परिचालन गरेका छौ ।’ नगर प्रमुख तामाङले भने ‘मजदुरले सामाजिक दुरी कायम गर्दै काम गर्दा उनीहरुलाई जोखिम पनि नहुँने र रोजगारीले राहत पनि मिल्ने हुँनाले काममा खटाएका हौ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गत सोमबारबाट २५ जना मजदुरलाई दैनिक ६ सय ५० ज्याला दिने हिसावले ६० दिन रोजगारीको व्यवस्था मिलाइएको छ । उनीहरुले धनकुटा नगरपालिका–८ घुमाउँने–मुलघाट सडकमा सोलिङ्गको काम गर्दैछन् । त्यस्तै धनकुटा–५ बिहिबारे हटिया–नगरपालिका सडक र धनकुटा–४ मैनाली चौकको सडकमा पनि सोलिङ्गको काम भईरहेको छ ।

देशभर लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत धनकुटा नगरपालिकाले लकडाउन अगावै मजदुरहरुलाई सूचिकृत गरेको थियो ।

कार्यक्रममा सूचिकृत भएका मजदुर मध्येबाट प्राथमिकता क्रमका आधारमा राहत स्वरुप सामाजिक दुरी कायम गरी रोजगारीको व्यवस्था मिलाइएको नगरपालिकाका रोजगार अधिकृत विकास अधिकारीले बताए । ‘लामो समयको लकडाउनले मजदुरहरु संकटमा रहेकाले हामीले काम गर्नेहरुलाई १५/१५ दिनमा पारिश्रमिक दिने व्यवस्था मिलाएका छौ ।’ उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!