संगालोखबर सम्वाददाता
फाइल तस्वीर

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जंगली च्याउ खादा ६ जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउको तरकारी पकाएर खाँदा सभापोखरीका दुई परिवारका ६ जना बिरामी भएका हुन् ।

स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट च्याउ टिपेर ल्याएका थिए । शनिवार बेलुका च्याउको तरकारी बनाएर खाँदा सन्देशसहित उनकी श्रीमती २४ बर्षीया मनिला राई र छोरी ३ बर्षीया सुपी राई बिरामी भएका छन् ।

Advertisement

त्यस्तै छिमेकी २५ बर्षीय दिनेश राई, उनकी श्रीमती २४ बर्षीया अनिता राई र ३ बर्षीया छोरी आकांक्षा राई बिरामी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जिल्ला अस्पताल खाँदवारीमा उनीहरुको उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!