संगालोखबर सम्वाददाता

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराती आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । आगलागीमा परी फुङलिङ नगरपालिका–५ स्थित ट्याक्सी स्टेण्ड छेउका सात घर र पाँच वटा घुम्ती जलेर नष्ट भएका हुन् ।

Advertisement

गएराती साँढे १० बजे स्थानीय भट्टराई होटलबाट सुरु भएको आगोले आसपासका घरमा क्षति पुर्याएको हो । देवी भट्टराईको घरमा रहेको होटलबाट सुरु भएको आगोले भट्टराईको घरसहित छिमेकी नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगालगीका कारण ती घरमा रहेका होटल तथा लज पनि जलेका छन् ।

स्थानीय बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्दशान्ती काउण्टरको घुम्तीसमेत आगोले जलेका छन् ।

आगलागीबाट भएको क्षतिको यकिन भईसकेको छैन । आगलागीको कारण पनि खुल्न सकेको छैन । दमकलको सहयतामा सुरक्षाकर्मी र स्थानीयबासीले ६ घण्टापछि आज बिहान पौने ५ बजे आगो नियन्त्रणमा लिएका छन् ।

यसअघि प्रकाशित समाचार…

ताप्लेजुङको फुङलिन बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट, आगो अनियन्त्रित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!