धनकुटा । वितरक संघ हिलेले लकडाउन प्रभावितलाई राहत वितरणका लागि धनकुटा नगरपालिकालाई ५१ हजार रकम हस्तान्तरण गरेको छ ।
कोरोना भाईरस रोकथामका लागि गरिएको लकडाउनका कारण संकट बेहोर्दै आएका नगरबासीहरुलाई सहयोगार्थ रकम प्रदान गरिएको हो । वितरक संघ हिलेका अध्यक्ष कृष्णराज श्रेष्ठसहितको टोलीले संघको तर्फबाट धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङलाई चेक हस्तान्तरण गर्यो ।
सो अवसरमा मेयर तामाङले निजी क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्ने वताउँदै सहयोगका लागि वितरक संघलाई धन्यवाद ज्ञापन गरेका छन् ।