झापा । झापामा फ्रिजबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बुद्धशान्ति गाउँपालिका–१ का ४२ बर्षीय पदमलाल गड्तौलाको मृत्यु भएको हो ।
शनिवार बेलुका साँढे ७ बजे घरमा फ्रिजको तार सर्ट भई करेन्ट लाग्दा गड्तौला गंभीर घाईते भएका थिए ।
उपचारका लागि बि.एण्ड.सी. अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।