खोटाङमा महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ
खोटाङ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा एक्लै घरमा बस्दै आएकी रत्नकुमारीको शव आज बिहान घाँटीको दायाँ भागमा सामान्य चोट लागेको अवस्थामा फेला पारिएको हो ।
महिलाको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल...



























