संगालोखबर संवाददाता


काठमाडौं । शुक्रबार बिहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, कपिलबस्तु, नवलपरासी र भरतपुरका ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा १३ जना, कपिलबस्तुमा ९ जना, नवलपरासीमा ४ जना र भरतपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

Advertisement

जसमध्ये ४९ जना निको भएका छन् । संक्रमित ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement