- संगालोखबर सम्वाददाता


काठमाडौं । शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ, कैलाली, बाँके, बैतडी र डडेलधुरामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाईमा १ जना, कैलालीमा ३ जना, बाँकेमा १४ जना, बैतडीमा १ जना र डडेलधुरामा १ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । हालसम्म ७० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!