इलाममा छोरीद्वारा बाबुको हत्या

इलाममा छोरीद्वारा बाबुको हत्या

इलाम । ईलाममा छोरीले आफ्नै बाबुको हत्या गरेकी छन् । इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडाकी सुस्मा राइले ५२ बर्षीय बुवा फुलबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । गएराती घटना भएको हो । हत्याको कारण खुल्न वाँकी छ । घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको मंगलबारे प्रहरीले जनाएको छ ।
२०७७ जेठ ६ गते मंगलबार/आजको राशिफल

२०७७ जेठ ६ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ ६ गते मंगलबार ई. सं. २०२० मे १९ , नेपाल सम्बत ११४० बछलाथ्व द्वादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण द्वादशी, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, आयुष्मान योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ०६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसक...
धनकुटामा स्वाब लिन ल्याबको टोलीसहित आए मन्त्री घिमिरे, ८३ जनाको स्वाब संकलन (भिडियोसहित)

धनकुटामा स्वाब लिन ल्याबको टोलीसहित आए मन्त्री घिमिरे, ८३ जनाको स्वाब संकलन (भिडियोसहित)

धनकुटा । कोरोना परीक्षणका लागि सोमबार धनकुटाका ८३ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा आईतबार कोरोना संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा पुगेकाहरुको स्वाब संकलन गरिएको हो । स्वाब संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकसहितको टोली लिएर प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे धनकुटा आएका छन् । स्वास्थ्यकर्मीमा संक्रमण देखि...
धनकुटाकी कोरोना संक्रमितसँगै भएका छोराको रिपोर्ट नेगेटिभ

धनकुटाकी कोरोना संक्रमितसँगै भएका छोराको रिपोर्ट नेगेटिभ

धनकुटा । धनकुटाकी कोरोना संक्रमित स्वास्थ्यकर्मी महिलासँगै भएका उनका छोरामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा सोमबार दिउँसो पीसीआर परीक्षण गर्दा बच्चाको रिपोर्ट नेगेटिभ आएको हो । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आईतबार गरिएको स्वाब परीक्षणका क्रममा धनकुटा अस्पतालमा कार्यरत ३४ बर्षीया स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि...
अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्बाट स्वीकृत

अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्बाट स्वीकृत

काठमाडौँ । भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नयाँ नक्सा सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्सा प्रस्तुत गरेकी थिइन् । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा पनि समावेश छ ।
श्रीमतीकै योजनामा औषधि व्यवसायी दुलालको हत्या, तीन जना पक्राउ

श्रीमतीकै योजनामा औषधि व्यवसायी दुलालको हत्या, तीन जना पक्राउ

बिराटनगर । श्रीमतीकै योजनामा बिराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अपरान्ह अनलाइनमार्फत पत्रकार सम्मेलन गर्दै श्रीमती मिना श्रेष्ठ दुलालकै योजनामा ३३ बर्षीय दुलालको हत्या भएको जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा मिनाले अन्य दुई युवालाई साथमा लिएर दुलालको हत्या गरेको देखिएको मोरङका प्रहरी प्रमुख एस्पी विश्व अधिकारीले जानकार...
एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान ९ जना र दिउँसो ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दिउँसो बाँकेका ४७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मोरङ, गुल्मि, धादिङ, दाङ, रौतहट र धनुषाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बिहान रौटहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकैदिन ...
मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

बिराटनगर । सोमबार दिउँसो मोरङका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा मोरङको रतुवामाई नगरपालिकाका २४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०५ पुगेको छ । जसमध्ये दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  यसअघि हिजो बिराटनगरका दुई जना र धनकुटा...
झापामा गाईको बाच्छो काटेर खाएको आरोपमा तीन जना पक्राउ

झापामा गाईको बाच्छो काटेर खाएको आरोपमा तीन जना पक्राउ

झापा । झापाको गौरादह–४ मा गाईको बाच्छो काटेर खाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र ६० बर्षीय मद्रासी सतार छन् । गएराती १० बजे रमेश दर्जीको घरमा उनीहरुले बाच्छो काटेर मासु खाएका थिए । उनीहरुले बाच्छो काटेर खाएको र टाँउको र दुई वटा खुट्टा खेतमा पुरेको भन्दै स्थानीयले प्रहरीलाई आज बिहान खबर गरेका थिए । घटनाको जानका...
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमानसहित परिवारमा देखिएन संक्रमण

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमानसहित परिवारमा देखिएन संक्रमण

काठमाडौं । कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीले जन्माएको नवजात शिशु र श्रीमानसहित परिवारका सदस्यमा पनि कोरोना संक्रमण नभएको पाईएको छ । संक्रमित सुत्केरी महिलाको मृत्यु भएपछि नवजात शिशु, श्रीमानसहित परिवारका ५ जना सदस्यको स्वाब संकलन गरी पीसीआर बिधिबाट परीक्षण गरिएको थियो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा...
धनकुटा बजार क्षेत्र सिलः बढाइयो सुरक्षाकर्मीको तैनाथी, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटा बजार क्षेत्र सिलः बढाइयो सुरक्षाकर्मीको तैनाथी, बजार सुनसान (फोटो फिचरसहित)

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार अनिश्चितकालका लागि अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाईएको हो । धनकुटाको सब्जीलाईन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी च...
थप ९ जनामा कोरोना संक्रमण पुष्टि

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोमबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रौतहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहट ईशनाथ नगरपालिकाका ७ जना, माधवनारायण नगरपालिकाका १ जना र बाराको करैयामाईका १ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दि...
नेपाली युवा दिवेश बने अमेरिकन आईडलको उप–बिजेता

नेपाली युवा दिवेश बने अमेरिकन आईडलको उप–बिजेता

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उप–बिजेता बनेका छन् । फाइनल राउण्डका क्रममा भोटिङका आधारमा उनी उप–बिजेता घोषित भएका हुन् । यता, दिवेशलाई उछिन्दै जस्ट साम अमेरिकन आइडल बनेकी छन् । उपाधि दावेदार मानिएका दिवेश टप २ मा पुगे पनि पर्याप्त भोट नपुग्दा उनी उप–बिजेतामा सिमित बनेका हुन् । काठमाडौंको रवीभवनमा जन्मिएका उनी सन् २०१४ मा अमेरिका गएका थ...
२०७७ जेष्ठ ५ गते सोमबार/आजको राशिफल

२०७७ जेष्ठ ५ गते सोमबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ ५ गते सोमबार ई. सं. २०२० मे १८ , नेपाल सम्बत ११४० बछलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण एकादशी, चन्द्रमा मीन राशिमा, उतरभाद्र नक्षत्र, प्रीती योग, बालब करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ०६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरे...
धनकुटा बजार क्षेत्र सिल गर्ने निर्णय, कडाई गर्न सेना परिचालन गरिने

धनकुटा बजार क्षेत्र सिल गर्ने निर्णय, कडाई गर्न सेना परिचालन गरिने

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा आईतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट धनकुटा बजार क्षेत्र सिल गरिने भएको छ । आईतबार राती आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउँने निर्णय गरेको हो । धनकुटाको सब्जीलाईन, बसपार्क, जिरोपोईन्ट, परिचयमोड, यलम्बर चौक, मधुगंगा सिनेमा हल र त्रिवेणी चौक क...
धनकुटाकी बालिकामाथि यौन शोषण गर्नेलाई लिंगबिहिन बनाउँन सांसदको माग (भिडियोसहित)

धनकुटाकी बालिकामाथि यौन शोषण गर्नेलाई लिंगबिहिन बनाउँन सांसदको माग (भिडियोसहित)

काठमाडौं । धनकुटाकी १४ बर्षीया दलित बालिकामाथि भएको यौन शाषणको बिषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । राष्ट्रिय सभाको आईतबार बसेको बैठकमा सांसद चक्रप्रसाद स्नेहीले बालिकामाथि भएको यौन शोषणका दोषीहरुलाई कडा कारबाहीको माग गरेका हुन् । सांसद स्नेहीले यौन शोषणमा संलग्नहरुलाई लिंगबिहिन बनाउँनसमेत माग गरेका छन् । ‘५० बर्ष माथिका चार जनाले बलात्कार गर्दा ती बालिका गर्भवती भएकी छिन् ।’ बैठकमा उनले भने...
विराटनगरका कोरोना संक्रमित महानगरका सफाई कर्मचारी

विराटनगरका कोरोना संक्रमित महानगरका सफाई कर्मचारी

विराटनगर । विराटनगरमा काेराेना संक्रमण पुष्टि भएका पुरूष महानगरपालिकाका सफाई कर्मचारी रहेकाे पुष्टि भएकाे छ । विराटनगर– १५ का ३६ वर्षिय संक्रमित पुरूष महानगरपालिकाका सरसफाइ कर्मचारी हुन । विराटनगर ६ की संक्रमित महिला भारतबाट केही दिन अघि नेपाल आएकी हुन । ‘ संक्रमित व्यक्ती महानगरको सफाई कर्मचारी हुनुहुन्छ ।’ वडा नम्बर १५ का अध्यक्ष असलम आलमले भने ‘ हामी अस्पताल पठाउने तयारी गर्दैछौं ।’ ...
जेठ २० सम्म लम्बियो लकडाउन

जेठ २० सम्म लम्बियो लकडाउन

काठमाडौं । जेठ २० गतेसम्म लकडाउन लम्ब्याईने भएको छ । आज साँझ सम्पन्न मन्त्रीपरिषद् बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि चैत ११ गतेदेखि लकडाउन सुरु गरिएको हो । त्यसयता पटक–पटक लकडाउनको म्याद थप गरिदै आएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने २९५ जना संक्रमित भएका छन् ।
धनकुटामा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

धनकुटामा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना

धनकुटा । धनकुटामा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित महिला धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धनकुटा बजारमा बस्दै आएकी उनी नियमित डिउटीमा खटिदै आएकी थिईन् । धनकुटामा कार्यरत केहि सुरक्षाकर्म...
धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । आईतबार साँझ धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बिराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिराटनगरका ३५ बर्षीय पुरुष, २९ बर्षीया महिला र धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतको ...
कोरोना संक्रमणबाट वाँकेका युवाको मृत्यु भएको पुष्टि, मृतकको संख्या दुई पुग्यो

कोरोना संक्रमणबाट वाँकेका युवाको मृत्यु भएको पुष्टि, मृतकको संख्या दुई पुग्यो

काठमाडौं । बाँकेको क्वारेन्टाइनमा रहेका युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । क्वारेनटाईनमा रहेका बाँकेको नरैनापुर–५ का २५ बर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । स्वाब परीक्षणका क्रममा ती युवामा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्र...
बिराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

बिराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

बिराटनगर । विराटनगरका एक औषधि व्यावसायीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको छ । विराटनगर–१० मधुमारामा औषधि पसल सञ्चालन गर्दै आएका इटहरी–१२ खनारका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको हो । मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि डिलर सञ्चालन गर्दै आएका दुलाल सुतेकै ठाउँमा बेहोस भेटिएको भन्दै उनकै श्री...
श्रममन्त्री रामेश्वर राय यादवलाई हृदयघात

श्रममन्त्री रामेश्वर राय यादवलाई हृदयघात

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएको छ । हृदयघात भएपछि मन्त्री यादवलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र लगिएको छ । चिकित्सकहरुका अनुसार मन्त्री यादवलाई हृदयघातको सामान्य रुप माइल अट्याक भएको पाईएको छ । उनको अवस्था सामान्य रहेको र उपचार जारी रहेको शहीद गङ्गालाल हृदयरोग केन्द्रले जनाएको छ ।
थप १० जनामा कोरोना संक्रमण

थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । आईतबार बिहान १० जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रौतहटका १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटको राजपुर नगरपालिकाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ बर्षीय र ईशनाथ नगरपालिकाका २८, ३० र ३३ बर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले ...
२०७७ जेष्ठ ४ गते आइतबार/आजको राशिफल

२०७७ जेष्ठ ४ गते आइतबार/आजको राशिफल

बि.सं.२०७७ साल जेष्ठ ४ गते आइतबार ई. सं. २०२० मे १७ , नेपाल सम्बत ११४० बछलाथ्व दशमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, विषकुम्भ योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ०६ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पदा घिउ खाएर जुनसकै दिशाको...
धनकुटामा मदन भण्डारीको शालिकमा माल्यार्पण

धनकुटामा मदन भण्डारीको शालिकमा माल्यार्पण

धनकुटा । धनकुटामा शनिवार जननेता स्व.मदन भण्डारीको शालिकमा माल्यार्पण गरिएको छ । २७ औं मदन–आश्रित स्मृति दिवसको अवसर पारेर मदनचौक स्थित भण्डारीको शालिकमा माल्यार्पण गरिएको हो । मदन–आश्रित प्रतिष्ठानको अगुवाईमा भएको कार्यक्रममा नेकपाका नेता, कार्यकर्ताले भण्डारीको शालिकमा माल्यार्पण गरेका थिए । नेकपाका नेताहरु गोपाल गुरागाईँ, ईन्द्रमणी पराजुली, निरन राई, सकुन्तला बस्नेत लगायतले शालिकमा फुल, माला ...
धनकुटाका शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

धनकुटाका शिक्षक अधिकारी प्रहरी नियन्त्रणमा, चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा दायर

धनकुटा । धनकुटा नगरपालिकाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई आज अपरान्ह करिव ४ बजे भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हिजो बिहानबाटै सम्पर्कबिहिन भएका अधिकारीले आज दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा बिज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दावीसहित प्रहरी कार्यालयमा आफै जाने...
नेपालमा २७८ पुगे कोरोना संक्रमित

नेपालमा २७८ पुगे कोरोना संक्रमित

काठमाडौं । शनिवार दिउँसो थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ५२ बर्षीय र काभ्रेका २६ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । हालसम्म नेपालका २६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । जसमध्ये प्रदेश नंं.२ का सबै जिल्लामा कोरोना ...
यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति : म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

यौन शोषण आरोप लागेका अधिकारीको बिज्ञप्ति : म निर्दोष छु, षड्यन्त्रपूर्वक फसाउँन खोजियो

धनकुटा । धनकुटाकी १४ बर्षीया बालिकालाई यौन शोषण गरेको आरोप लागेका शिक्षक मदन अधिकारीले आफु निर्दोष रहेको दावी गरेका छन् । घटनापछि फरार भएर प्रहरीले खोजि गरिरहेका अधिकारीले आज दिउँसो सामाजिक सञ्जाल फेसवुक मार्फत बिज्ञप्ति जारी गर्दै आफु निर्दोष भएको र आफुलाई फसाउँन षड्यन्त्र भएको दावी गरेका हुन् । अधिकारीसहित चार जना बिरुद्ध यौन शोषणको आरोपमा किटानी जाहेरी परेपछि उनी फरार थिए । उनीबाहेक अन्य तीन...
फेरि थपिए कोरोना संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो

फेरि थपिए कोरोना संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं । कपिलबस्तुका ३ जनामा शनिवार बिहान कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणका क्रममा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यसअघि शनिवार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिरहा, सर्लाही, बर्दिया, पर्सा र चितवनका ६ जनामा संक्रमण देखिएको हो । शनिवार ९ जनामा स...
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शनिवार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिरहा, सर्लाही, बर्दिया, पर्सा र चितवनका ६ जनामा संक्रमण देखिएको हो । पर्साका २ जना र सिरहा, सर्लाही, बर्दिया र चितवनका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।
error: Content is protected !!