पोखराको फेवातालमा डुंगा पल्टिंदा एक जनाको मृत्यु, पाँच जनाको सकुशल उद्धार (भिडियोसहित)
पोखरा । पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पानीमा डुबेर बेहोस भएकी पोखरा महानगरपालिका–१ बगरकी ७० वर्षीय वृद्धा याममाया गिरीको मृत्यु भएको हो ।
दिउँसो एक्कासि हावाहुरी चल्दा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना भएको डुङ्गामा एकै परिवारका ६ जना सवार थिए । डुंगा पल्टिए लगत्तै सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई उद्धार गरेको हो । लाइफ ज्या...






























