- संगालोखबर सम्वाददाता

सुनसरी । धरानमा राखिएको मोटरसाइकल चोरेर लैजाने तीन जना युवालाई प्रहरीले बराहक्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–१ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान–४ का २८ वर्षीय विश्वराज राई र धरान–१३ का २३ वर्षीय रतिस श्रेष्ठ छन् ।

Advertisement

चोरेर लगेको मोटरसाइकलसहित बराहक्षेत्र नगरपालिका–३ बाट उनीहरु पक्राउ परेका हुन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चोरीको मोटरसाइकल फेला पारेको हो ।

गत माघ ६ गते धरान–११ का सुरज तामाङले घरमा पार्किङ गरेर राखेको प्रदेश १–०२–०४० प २८१८ नम्बरको मोटरसाइकल चोरी भएको थियो । सो मोटरसाइकलको नम्बर प्लेटलाई मेटेर को. ३८ प ८०६५ लेखेर चलाउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

तीनै जनालाई पक्राउ गरेर उनीहरूको गतिविधिका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!